फिल्म नचल्नुमा अभिनेत्री रेखा थापाले फिल्म हललाई दोषी देखाउन थालेकी छन्। अनुहार नै नबुझिने पर्दा, बस्नलाई राम्रो कुर्सी नहुने र राम्रोसँग सरसफाइ नै नहुने हलले दर्शक भड्काएको आरोप उनले लगाएकी छन्।
वर्षा राउत पहिरनकै कारण ट्रोलको सिकार भएको धेरै भएको छैन। अस्ट्रेलियामा खिचेको एक तस्बिर भाइरल नै भएपछि अधिकांश कार्यक्रममा वर्षा शरीर ढाक्ने पहिरन नै पहिरन्थिन् तर समय अब कहाँ उस्तै हुँदो रहेछ र !
धादिङकी ११ वर्षीया कमला घिमिरे यतिबेला सामाजिक सञ्जालमा छाइरहेकी छन्। उनको गायन कलाले युट्युबका दर्शक तानेपछि लोकसर्जक अमृत सापकोटा काठमाडौं–धादिङ गरिहेका छन्। भाइरल बाबा अनि रवि लामिछानेको केस सामसुम भएर ट्वाँ परेका युट्युबरका लागि उनी राम्रो मसला बनिरहेकी त छन् नै, भाइरलको भरमा आफ्नो संगीतयात्रा अगाडि बढाउन चाहनेहरुले पनि हानाथाप गरिरहेका छन्, उनको गीत रेकर्ड गर्न।
गजलगो सुविद गुरागाईंको गजल एल्बम ‘नलाएको माया’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ। माता परिवारको निर्माणमा तयार पारिएको उक्त गजल एल्बम माता इन्द्रमाया पौडेल, अग्रज गलकार बूँद राना, अग्रज गीतकार तथा कवि दिनेश अधिकारी, गजलकार रवि प्राञ्जल, राष्ट्रियसभा सदस्य विमला पौडेलले लोकार्पण गरेका हुन्।
कवि तथा संगीतकार दिनेश अधिकारीले आफ्नो नयाँ एल्बम ‘अनवरत’ सार्वजनिक गरेका छन्। गीतकार किरण खरेल, गायक प्रेमध्वज प्रधान, संगीतकार दीपक जङ्गम, संगीतकार शक्ति बल्लभसमेतले उक्त एल्बम विन्ध्यवासिनी म्युजिकमार्फत सार्वजनिक गरेका हुन्।
गायक किरणबाबु पुनको नयाँ गीत ‘धर्म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोमा प्रेम थापा र सगुन शाहीको अभिनय छ। भारतीय गायिका संजिवनीको आवाज रहेको उक्त गीत गायक किरणले नै रचना गरेका हुन्।
गुमनाम रहेका निखिल उप्रेती काँचको पर्दामा नदेखिएको लामै समय भइसक्यो। उनलाई नेपाली दर्शकले फिल्ममा खोजिरहेका थिए तर फर्किएका छन्, लोकगीतमा अभिनय गरेर। फिल्ममा कतै काम नपाएका निखिल अन्ततः पहिलो पटक लोकगीतमा नृत्य गर्दै देखा परेका छन्। ‘धानको चामल धानैको चिउरा’ बोलको गीतमा उनी कम्मर मर्काउँदै देखापरेका हुन्।
धेरै फिल्ममा पातलो ज्यान भएका हिरोका रुपमा चिनिएका प्रदीप खड्काले सबैको मुख बन्द गरिदिएका छन्। उनले ‘प्रेम गीत ३’का लागि बडो खाइलाग्दो ज्यान बनाइरहेका छन्। लिखुरे हिरो भनेर दर्शक तथा शुभचिन्तकको आरोप खेप्दै आएका प्रदीपले अब भने कुरा काट्नेको मुख थुनिने दिन आउँदैछ।
भ्वाइस अफ नेपाल सिजन २ की कोच आस्था राउतको झूर प्रतियोगी छान्ने अनि गाली खाने क्रम जारी छ। उनी कहिले अन्य कोचको इशारामा प्रतियोगी छान्छिन् त कहिले अति झूर गाए पनि कुर्सी घुमाइदिन्छन्। अनि राम्रो गाउने प्रतियोगीमा मौन बसिदिन्छिन्।
नेपाल आइडल सिजन तीनका विजेतालाई विश्व भ्रमणको सर्वाधिकार गृष्मा ब्रोडकास्टिङले पाएको छ। नेपाल आइडलको कपिराइट पाएको एपी वन टेलिभिजन र गृष्माबीच विश्व भ्रमणको सर्वाधिकारबारे सम्झौता भएको हो।
नेपाल लोकस्टारको २५ र २६ एपिसोड पुग्दा प्रभुराज पाण्डेय आउट भएका छन्। उनी बाहिरिएसँगै अब सनी विश्वकर्मा, पविन्द्र सुनार, दीपेन्द्र राई, रविराज शाह, रामकुमार नेपाली, विनोद दनुवार र चेतन गौतमबीच प्रतिस्पर्धा हुनेछ।
अभिनेत्री जसिता गुरुङले अभिनेता प्रदीप खड्कासँग ‘लिलिबिली’ र ‘लभ स्टेसन’ गरी दुई फिल्ममा काम गरिन्। दुई तीन वर्षको अन्तरालमा दुईवटा फिल्ममा अभिनय गरे पनि कुनै फिल्म सफल भएनन्। ‘फ्लप’ फिल्मकी अभिनेत्रीले यसपटक भने राम्रै ब्यानरमा खेल्ने अवसर पाएकी छन्। उनी फिल्म ‘एन्टी हिरो’मा अनमोलको जोडी बन्दैछिन्।
लामै समय गुमनाम पारमिता आरएल राणा अहिले एकाएक चर्चामा आएकी छन्। उनले अभिनय गरेका कुनै पनि फिल्म नेपालमा सफल छैनन्। पारमिता ‘चपली हाइट २’ बाट डेब्यु गरेकी थिइन्। पछिल्लो रिलिज ‘चंगाचेट’मा पनि उनी चैट् नै भएकी थिइन्।
अहिले दिन आएको छ त अभिनेत्री स्वस्तिमा खड्काको। उनकै फिल्म नेपालबाट ओस्कार अवार्डका लागि सिफारिस भएको छ। अब फिल्ममा मात्र होइन उनैलाई विज्ञापनको ओइरो लागेको छ। अब हालै उनी अभिनित फिल्म ‘हजार जुनीसम्म’ प्रदर्शनमा आयो। यो फिल्म त्यत्ति चलेन। तर उनी नयाँ फिल्म ‘चपली हाइट ३’ मा पनि अनुबन्धित भएकी छिन्।
तीजे गीत ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’ हिट भएपछि हौसिएका गायक दुर्गेश थापाले हालै नयाँ गीत सार्वजनिक गरे, ‘तिम्रो एक्स र मेरो वाई मिक्स गर्नुछ, अरु केही नभए नि भल्ट्याङभुल्टुङ फिक्स गर्नु छ।’
फिल्म 'पासवर्ड'को प्रिमियरका लागि हालै अभिनेत्री सन्नी लियोनी नेपाल आइन्। उक्त नेपाली फिल्ममा उनको आइटम डान्स समावेश थियो। त्यसैले फिल्म निर्माण टिमसँगै फिल्म हेर्न उनी प्रिमियरमा उपस्थित भइन्। तर, नेपाली गायिका ज्योति मगरलाई सन्नी प्रति देखाएको पाउना सत्कारले बढो मन पोलेछ।