प्रेममा ज्यान गुमाएका सन्त भ्यालेन्टिनोको सम्झनामा पश्चिमा मुलुकबाट शुरु भएको ‘भ्यालेन्टाइन्स डे’ को राप पूर्वीय क्षेत्रमा बढ्दै जाँदा मौलिक प्रेम दिवसको खोजी र बहस शुरु गराएको छ ।
नयाँ जिम्मेवारी सम्हाल्दै गर्दा तपाईंमा शंका उत्पन्न हुन्छ– के म यसका लागि तयार छु ? यसको हकदार छु ? म भन्दा अरु पनि त अनुभवी छन् ! आखिर म नै किन ? असफल भइयो भने ! कारण तीनः तुलना गर्नु । स्वयंलाई आन्तरिक रुपमा चिनिन्छ तर अरुलाई बाहिरी रुपमा मात्रै चिनेका हुन्छौँ ।
सरकारी सुविधालाई उपभोक्तामैत्री बनाउन सूचना प्रविधिको उपयोगलाई प्रभावकारी बनाउने हो भने नीतिसँगै नियतमा समेत सुधार गर्न आवश्यक छ । नत्र सरकारी स्मार्ट सुविधा कर्मचारीलाई घुस लिने स्मार्ट बाटोमा मात्र सीमित हुने निश्चित छ ।
अहिलेको अवस्थामा दुई तिहाईको दम्भ त्याग्दै सत्याग्रही डा. केसीसँग १५ औं अनशन तोडाउने क्रममा भएको लिखित सहमति अक्षरशः पालना गर्दै उनको सम्मान गर्नु सरकारको पहिलो दायित्व हो ।
देशकै केन्द्रीय विश्वविद्यालयले नै सर्वोत्कृष्ट घोषणा गरेका विद्यार्थीको भावि यात्रा पक्कै पनि सुखद् हुनुपर्ने हो । जुन विषयमा उनीहरुले विशेषज्ञता पाएका हुन्, सो क्षेत्रमा उनीहरुको माग उच्च हुनुपर्ने हो । तर यसअघि यसरी नै उत्कृष्ट भएकाहरुको अवस्थाले त्यस्तो सुखद् बाटो देखाउँदैन ।
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बीचको ‘चेक एन्ड ब्यालेन्स’को आधारमा राज्यमा सुशासन कायम हुने विश्वास गरिन्छ तर पछिल्ला दुई घटनाले व्यवस्थापिका कार्यपालिकाका अगाडि पूरै लम्पसार परेको देखियो । यसको मोहरा बने सभामुख महरा ।
नेपालको प्रशासन यति अनुदार छ कि ऊ रमाइलो गर्न चाहने अन्तर्राष्ट्रिय होस् या आन्तरिक पर्यटक हुन्, उनीहरुलाई समय सीमामा बाँध्न बढी केन्द्रित देखिन्छ । पर्यटक खर्च गर्न चाहन्छन् तर प्रशासनको व्यवहार हेर्दा पर्यटकको पैसा खर्च होला कि भन्ने चिन्तामा बढी छन् कि भन्ने देखिन्छ ।
अपराधको प्रमाण प्रार्थना गरेर आउन्न, मिहीन र गम्भीर अनुसन्धानबाट मात्र प्रमाण पहिल्याउन सम्भव छ । यसका लागि अनुसन्धानको नतिजालाई व्यक्तिगत प्रतिष्ठाको विषय बनाउँदै प्रहरी टोली लिएर जिल्ला जिल्ला घुम्दै‘ म कसैलाई छाड्दिन’ भन्दै भाषणबाजी गर्नुको तुक देखिन्न ।
यही क्षेत्रमा बसेर काम गर्नु छ, त्यही घरको ढोकाबाट निस्कनु छ, त्यही समाजलाई फेस गर्नुछ । भोलि गएर यो कुरालाई कसरी फेस गर्ने ! यस्ता आयाम र धारणाका कारणले गर्दा आफूविरुद्ध भएका दुर्व्यवहारका घटना आउन सकेका छैनन् ।
युनिभर्सिटी अफ मिचिगनको एउटा रिसर्च अनुसार सही डोजको प्रगतिशील आलोचनाले टिमको कार्य क्षमता बढाउँछ ।
नेपालमा लागू औषधमा फँसेकाहरुलाई नशामुक्त बनाउने नीति प्रभावकारीरुपमा अगाडि बढ्न सकेको छैन । बजेट गोष्ठी, सेमिनार र झारा टार्ने जनचेतनामूलक कार्यक्रममा सकिनु नेपालको नियति नै हो ।
सुशासन, चुस्त प्रशासन, विकासको रफ्तार सबैतिर सरकार असफल भइरहेको छ । यही तथ्य सञ्चारमाध्यमबाट सार्वजनिक हुँदा पूर्व पत्रकारसमेत रहेका सञ्चारमन्त्री बास्कोटालाई सह्य भइरहेको छैन ।
देशका भावी कर्णधार भनिए पनि नेपालका युवा अझ विशेष किशोर–किशोरीको अवस्था अन्योलग्रस्त देखिन्छ । यो उमेरमा आइपर्ने उमेरजन्य कुतुहल समाधान गर्ने न संस्कारयुक्त पारिवारिक वातावरण बन्न सकेको छ, न त समाज किशोर–किशोरीअनुकूल छ ।
असफलताको प्रमुख कारणहरु मध्येको एक अर्को पूर्व तयारी नगर्नु पनि हो । हामीलाई टाइटानिक पानी जहाजको बारेमा थाहै छ । हलिउडमा यसबारे फिल्म पनि निर्माण भएको छ । टाइटानिक त्यस समयको सबैभन्दा भव्य पानीजहाज थियो । त्यसमा यात्रा गर्न पाउनु गौरवको कुरा थियो ।
पाेर्न साइट पुरै ब्लक गर्न गाह्रो छ । एक्टिभ ब्लकका लागि चाहिने डिभाइस नेपालमा दुई तीन वटा आइएसपीभन्दा बढीले ल्याउन सक्छन् भन्ने लाग्दैन । करोडौँ रकम पर्छ । झन्डै १० वर्षअघि एउटा आइएसपीले दुई करोड तिरेर त्यो डिभाइस ल्याएको थियो । त्यतिबेलै उक्त आइएसपी यो ब्लक सम्भव छैन भन्ने निष्कर्षमा पुगेको थियो ।
करिब दुई वर्षअगाडि सीमा बस्नेत र संगीता मगरमाथि एसिड आक्रमण भएको थियो । धन्न दुई वर्ष अगाडिको घटनामा कसैको ज्यान गएन तर सीमा बस्नेत र संगीता मगरझैँ भाग्यमानी हुन सकिनन्, संगीता दास । एसिडले गलाएको उनको ज्यानले साथ छाड्यो ।
प्रतिभा भएको तर पहुँचको अभावमा अवसर नपाएकाहरुलाई प्लेटफर्म दिनु रियालिटी सोको पहिलो लक्ष्य हुनुपर्ने हो । नेपाल भित्रिएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज कार्यक्रमको लक्ष्य पनि यही हुनुपर्ने हो । तर भट्टराईका बाबुको भनाइले यस्ता कार्यक्रमहरु पनि प्रतिभालाई अवसर दिनेमा भन्दा आर्थिक उपार्जनमै बढी केन्द्रित भएको देखियो । जुन निकै दुखद् पक्ष हो ।
पेशागत आधारमा गरिएको कुनै काममाथि कानुनी प्रश्न उठेको हकमा सञ्चारकर्मी हिरासत बाहिरै रहेर प्रतिरक्षा गर्न पाउने अन्तर्राष्ट्रिय अभ्यास अनुसारको कानुनी प्रबन्धको माग हो, सञ्चारकर्मीको ।
ऋषिपञ्चमीको दिन आफू र वरिपरिको वातावरणको शुद्धीकरणका लागि महिलाले व्रत लिन्छन् । ऋषि ज्ञानका प्रतीक हुन् । त्यसैले पनि सकारात्मक ऊर्जा मिलोस् भनेर व्रत बसी पूजा आराधना गरिन्छ । तर याे पर्वकाे तीजसँग सम्बन्ध छैन ।
‘पहिले समाजको बिर्को ट्याम्म लगाएको थियो । अहिले त्यो बिर्को खुकुलो हुँदै गइरहेको छ । जुन परम्परा स्थापित थियो त्यसमा प्वाल पर्दै गएको छ’ ।