महिला पुरूष बराबर हुन् तर संसारका सबैजसो धर्म, रीति र संस्कृतिले भने यसलाई मान्दैन। मानिस पनि सोही धर्म, रीति र संस्कृतिको अंग भएकैले ऊ पनि महिला र पुरूष बराबर हो भन्ने मान्न असहज हुन्छ।
सरकारले धेरै पटक चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल आउन तयार रहेको घोषणा ग-यो। राष्ट्रपति विद्या भण्डारीको चीन भ्रमण होस् या प्रधानमन्त्री केपी ओलीको, यी भ्रमणमा सबैको चासो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नै हुने गरेको थियो। हरेक भ्रमणमा नेपाली प्रतिनिधिले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएर फर्कन्थ्यो।
हालै मार्टिन चौतारीमा आयोजित ‘आदिवासी जनजाति र दसैं’ शीर्षकमा भएको छलफलमा दसैंसम्बन्धी मनुको प्रस्ट धारणा थियो। मगर समुदायका कतिले दसैं मनाउँछन् त कति मनाउँदैनन्। उनी दसैं मनाउने समुदायमा पर्छिन्। केही पुराना कुरा परिष्कृत गरेर उनले बुबाको हातबाट टीका पनि थाप्दै आइरहेकी छन्।
अधिकांश संवाद गर्छन् तर निकै कम संवादबाट सम्बन्ध जोड्न सक्षम हुन्छन्। संवाद केवल सामान्य बोलिचाली, शब्द छनोट र त्यसको प्रयोग अथवा सन्देश आदानप्रदानको प्रक्रिया मात्र होइन। त्यस प्रक्रियामा भावना, भावभङ्गिमा, लवज, वर्णक्रम लगायत मौनताले पनि उत्तिकै स्थान लिएको हुन्छ।
हालै नेपाल सरकारले पदक बाँड्यो। त्यो पदकमा गर्व गर्नेभन्दा वहिष्कार गरेँ भन्नेहरुको संख्या यस पटक बढेको देखियो। पदक प्राप्त गर्नेहरुमा यस पटक प्रधानमन्त्री केपी ओलीका निजी चिकित्सकदेखि बिल्कुलै स्वार्थी समूह परेको भन्दै आक्रोशहरु सामाजिक सञ्जालमा पोखिए।
भनिए अनुसार नेपालको परराष्ट्र नीति हो, असंलग्न। राष्ट्रिय स्वार्थ बाहेकको अवस्थामा सबैसँग बराबर दुईपक्षीय या बहुपक्षीय सम्बन्ध कायम गर्नु यसको मुख्य उद्देश्य देखिन्छ।
अल्छी कसलाई लाग्दैन र ! अल्छीपन अनुभूत नगर्ने सायदै होलान्। हामीमा थरिथरिका अल्छ्याइँ उत्पन्न हुने गर्छ। यहाँ केही थरिका अल्छ्याइँबारे चर्चा गरौँ। पहिलो, जागिर गुमेपछि वा छाडेपछि उत्पन्न हुने अल्छीपन। प्रायः जागिर नखाएको अवस्थामा घरमै बसिन्छ। दिनभर घरमा बसेर नेट चलाउनु वा टिभी हेर्नुको विकल्प हुँदैन। चौबिसै घन्टा फ्रि भइन्छ तापनि नयाँ जागिर खोज्ने चाह हुँदैन। यसै क्रममा कयौँ महिना त्यसै खेर जान्छ। कतिको त वर्षौँ पनि खेर जान सक्छ।
‘गाउँ–गाउँमा सिंहदरबार’ नारा कर्णप्रिय छ। शासन सत्ताको केन्द्र नै आफ्नो गाउँठाउँमा पुगेको अनुभूत गर्न पाउनु हर्षको कुरा हो। छ हजार सात सय त्रिचालिस वडा सरकार। सात सय त्रिपन्न नगर र गाउँपालिका सरकार। सिंहदरबार घरघरै पुग्नुको अनुभूति दिने संयन्त्र हुन् यी तर व्यापक अधिकारसहित पुगेका भनिएका यी संयन्त्रका अधिकार संविधानमा मात्र सीमित छन्।
विवाह गरी आउने विदेशी नागरिक रहेका बुहारी र ज्वाईंले नेपाली नागरिकता कुन आधार र कहिले पाउने भन्ने विवाद शुरु भएको लामै भइसक्यो। नयाँ नागरिकता विधेयकको निर्माण शुरु भएदेखि नै यो विवाद जारी छ। सत्तापक्ष दल नेकपा विवाहको आधारमा पाउने नागरिकताको प्रावधानमा कडाई गर्ने पक्षमा देखिएको छ भने प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेस केन्द्रित दल केही खुकुलो बनाउने पक्षमा।
अधिकांश मानिसले वास्तविक व्यक्तित्व देखाउँदैनन्। घरमा देखाउने रुप, स्वभाव र व्यक्तित्व सार्वजनिक स्थलमा देखाउने भन्दा निकै फरक हुन्छ। उनीहरु एक प्रकारको मुकुण्डो लगाउँछन्। त्यही मुकुण्डोमा आफ्नो वास्तविक व्यक्तित्व लुकाउँछन्। आफू जे हो, त्यो रुप प्रस्तुत गर्दैनन्
डेंगु यतिबेला नेपालभर आतंक बनेर देखापरेको छ। सन् २००४ मा पहिलो पटक एक विदेशीलाई यो रोग लागेको पहिचान गरिएपछि त्यसयता यस रोगको प्रभाव प्रतिवर्ष बढिरहेको देखिन्छ। यो वर्ष त मच्छडले अति नै गरे। उनीहरुका कारण सात हजारभन्दा बढी सर्वसाधारणले दुःख मात्र पाएनन्, ६ जनाको त मृत्यु नै भइसकेको छ।
धरानमा डेंगु देखिएको समाचार आएको उहिल्यै हो। प्रायः चिसै मानिने क्षेत्र धरानमा एक्कासि डेंगुको प्रकोप देखिए पनि राज्य जुन रुपमा संवेदनशील हुनुपर्ने हो, हुन सकेन। धरानबाट शुरु भएको डेंगुको संक्रमण काठमाडौंसहित मुलुकका ४८ जिल्लामा फैलिइसक्यो।
नयाँ संविधान, देशको अभिभावकका रुपमा निर्वाचित राष्ट्रपति, संघीय राज्यहरुको निर्माण, सात प्रदेशमा विभाजित नयाँ संवैधानिक संरचनाका रुपमा प्रदेश र स्थानीय सरकार जनताको सहभागितामा भएका बृहद् आन्दोलनहरुका प्रतिफल हुन्।
दोस्रो संविधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चुनाव चिह्न फाप्यो। शक्तिशाली दलको रुपमा संविधानसभामा पुगेको दलले संविधानसभा निर्वाचनमा आएको मतलाई धार्मिक मतको रुपमा व्याख्या गर्दै सोही अनुसारको गतिविधि अगाडि बढायो। पार्टी राजावादी लाइनमा सफ्ट हुँदै गयो, हिन्दूवादी दलमा हार्ड हुँदै गयो।
यो समाज, देश र संसार परिणाम चाहन्छ, आश्वासन होइन। परिणाम ल्याउनु भनेको प्रभाव बढाउनु हो। परिणाम उन्मुख हुन वा अपेक्षित परिणाम दिन नसक्ने व्यक्ति प्रभावशाली हुन सक्दैन। यस्ता व्यक्तिलाई उति महत्व, मूल्य र मान्यता दिइँदैन। अर्को शब्दमा भन्नुपर्दा यस्ता व्यक्ति जहाँ गए पनि अस्वीकृत हुन पुग्छन्।
विश्व स्वास्थ्य संगठनले सन् २०१५ मा गरेको एउटा अध्ययनअनुसार नेपालमा हरेक वर्ष ६८४० ले आत्महत्या गर्ने गरेका थिए। एक लाखमध्येमा आठ भन्दा बढीले आत्महत्या गरेको पाइन्छ।
अधिकांश आत्महत्याको घटना विवादमा आइनै रहन्थ्यो। अधिकांश विवादमा आएको आत्महत्याको घटनाले हत्याको रुपमा अनुसन्धानमा प्रवेश पाउँथ्यो र आरोपी देखिएका पक्राउ पर्थे। त्यस्तोमा प्रमाणभन्दा पनि आत्महत्या गर्ने व्यक्तिको परिवार र शुभेच्छुकको दवावको प्रभाव बढी देखिन्थ्यो। अदालती परिक्षणमा अधिकांश यस्ता मुद्दा असफल हुन्थ्यो र आरोपीले सफाई पाउँथे।
प्रश्न सोध्ने जिम्मेवारीमा रहेकाहरु परिस्थितिवश कहिलेकाहीँ प्रश्नको उत्तर दिने अवस्थामा पुग्छन्। त्यो बेला बल र छल प्रयोग गर्ने कि उत्तर दिने ? छनोट उनीहरुकै हो। वर्तमानको मूल्यांकन गर्न नसक्नेहरुले भविष्यमा सधैँ माथ खान्छन्।