हिउँ पर्ने सुख्खा ठाउँ, तीब्बतसँगको कठिन व्यापार र कष्टकर जीवनलाई कलात्मकरूपमा उतारिएको थाङ्लाको लेखन सरुभक्तको छ भने परिकल्पना र निर्देशन अनुप बरालले गरेका छन् ।
थेगोविनाका हास्य टेलिसिरियल नै छैनन् । अधिकांश पात्रले कुनै न कुनै थेगोको प्रयोग गर्ने गरेका छन् । कतिले चलनचल्तीको थेगोलाई प्रयोग गर्ने गरेका छन् भने कतिले आफैँले नयाँ थेगो जन्माउने गरेका छन् ।
'अहिले तपाईंले युट्युबमा हेर्नुभयो भने तपाईंले नामै नसुनेका कैयौँ गायकगायिकाको भ्युअर अचम्मलाग्दो गरी बढी देख्नुहुन्छ । त्यो नेपालबाट मात्र हेरिएको हुँदैन, विश्वभरबाटै हेरिएको हुन्छ । यस्तो देख्दा म आफैँ चकित छु ।'
‘एनी हाउ पैसा कमाऊ’– यही फर्मुलामा रहेर दीपक–दीपाले फिल्म बनाइरहेका थिए । विडम्बना, उनीहरुको बिजनेसमा हरिवंश पनि मिसिए । ‘शत्रु गते’बाट हरिवंशले दीपक–दीपाको गुणस्तर उकास्ने धेरैको आशा थियो । यसमा उनी असफल भए । यता दीपक–दीपा सफल भए र हरिवंशलाई आफ्नो स्तरमा ओराले ।
पाँच गायिकाले हिम्मतसाथ संगीतकारमार्फत हुने यौन दुव्र्यहारबारे बोलेपछि संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले स्टोरीलाई ‘ग्रान्ड डिजाइन’को संज्ञा दिँदै गायिकामाथि धम्र्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरे, ‘हामीलाई जोगी बनाउन गरिएको ग्रान्ड डिजाइनको पछि नलागौं । हाम्रा विरुद्धमा उभ्याइएका ती निर्दोष चेलीहरुलाई गुरुहरुको श्राप नलागोस् !’
नेपाल आइडल पहिलो सेसनका बुद्ध लामाले विजेता घोषित पुरस्कारबापतको कार नपाएको खुलासा गरेको अडियोले नेपालमा सञ्चालित रियालिटी सोबारे आशंका बढाइरहेको बेला अर्को रियालिटी सोका निर्माता ठगीमा जोडिए ।
नेपालमा कलाकारहरूको अनौठो बानी छ, गल्ती आफू गर्ने तर दोष मिडियालाई दिने । यस्ता कलाकारको लिस्टमा साम्राज्ञी कान्छी सदस्य हुन् । सफलताको उन्मादमा चाहिँदो नचाहिँदो काम गर्छन् अनि जब यसको समाचार बन्छ, पत्रकारलाई समाचार लेख्न नआएको धमास दिन्छन् । साम्राज्ञीले फिल्म ‘तिमीसँग’को ट्रेलर सार्वजनिक कार्यक्रममा यस्तै व्यवहार देखाइन् ।
म मिडियामा छाएर मानप्राप्त गर्ने पक्षमै छैन । मलाई मान कमाउन मनै नलाग्ने होइन तर इन्टरभ्यु मिडियमबाट मन लाग्दैन । कामबाटै लाग्ने हो । मलाई यो पनि थाहा छ– मान्छेले जति नै मान पाउँछ, त्यति नै अपमान पाउँछ । जति स्टारडमको चर्चा हुन्छ, उति नै आलोचना पनि सुनिन्छ ।
ग्ल्यामर दुनियाँमा कलाकारलाई आफ्नो प्रेमजीवन लुकाउन निकै गाह्रो पर्छ तर अभिनेत्री अशिष्मा नकर्मी यस विषयमा अपवाद भइन् । उनको प्रेमको चर्चा कहिल्यै भएन । कहिल्यै उनको अफेयरको खबर सुन्न नपाएका दर्शकलाई अहिले उनले अचानक ठूलो सरप्राइज दिएकी छन्– बिहेको निर्णय ।
लामो समय नुन बिनाको तरकारीसँग खाना खाइरहेको मान्छेलाई अचानक नुन हालेको तरकारीसँग खाना खुवाउँदा कस्तो हुन्छ ? नुन चर्को होस् या ठिक्क पक्कै उसले स्वाद मानेरै खान्छ । फितलो कथामाथि फितलो प्रस्तुति बोकेका फिल्महरु रिलिज भइरहेका बेला ‘नाका’ दर्शकका लागि त्यस्तै नुन बनेको छ तर त्यो नुन अलि ‘चर्को’ बन्न पुगेको छ ।
समग्रमा यो फिल्म पनि ‘बजारमा चल्छ, चलाउनुपर्छ’ भन्ने मानसिकताकै उपज हो । दयाहाङले फिल्मको संख्यामात्रै बढाउने, स्तरमा ध्यान नदिने हो भने अब उनलाई बजारबाट होइन, निर्मातालाई उनीबाट खतरा हुने देखियो ।
फिलिपिन्समा सुटिङ गरिरहेका आर्यनको फिल्म युनिट ‘ओभर स्टे’को चक्करमा परेको छ । यही कारण फिल्म युनिटको पासपोर्ट फिलिपिनो सरकारले जफत गरेको स्रोतले बतायो ।
‘कृ’ रिलिज भइसकेपछि ढुक्कसाथ भन्न सकिन्छ– अनमोलले यस्तै फिल्म खेलिरहने हो भने उनको ओरालो गति निक्कै तीव्र हुनेछ । जहाँ ब्रेक लाग्दा आउने नतिजा पनि दुघर्टना मात्रै हो ।
स्कुलमा पढ्दा लजालु स्वभावकी थिएँ । डेटिङका लागि प्रस्ताव आइरहेका हुन्थे । कसैले डेटिङ जानुपर्छ भन्दा रातोपिरो हुन्थेँ । यसको मतलब लभ नै परेन भन्न मिल्दैन । कहिले काहीँ साथी भेटेर रमाइलो गर्ने गथ्र्याैं । यसपटक फिल्मको दौडधूपले भ्यालेन्टाइन डेको कुनै योजना बनाएको छैन ।
निर्माता अर्जुन कुमारलाई फिल्म ‘फाटेको जुत्ता’को प्रचार प्रसारमा समय नदिएको भन्दै आइन्दा प्रियंका कार्कीसँग कहिलै काम नगर्ने घोषणा गरेका थिए । योसँगै उनले ‘फाटेको जुत्ता’को सिक्वेल बनाउने र त्यसमा पहिलो भागका सब कलाकार दोहोरिए पनि प्रियंकालाई रिप्लेस गर्ने बताएका थिए ।