६ महिनादेखि खालि रहेको चलचित्र विकास बोर्डको अध्यक्षमा सञ्चारमन्त्री मोहन बस्नेतले निकिता पौडेललाई नियुक्त गरेपछि फिल्मकर्मीबीच उनको नियुक्तिले हलचल ल्याएको छ । यस्तो हलचलमा धेरैको मनमा उठेको प्रश्न हो, राप्रपाको मान्छेलाई कांग्रेसले कसरी नियुक्त गर्न राजी भयो ? यो प्रश्नसँगै उत्तर पनि बाहिरिएको छ । बजारमा चर्चा छ, अध्यक्ष नियुक्तिका लागि बस्नेतले ५० लाखसम्मको थैली समातेका छन् ।
अनमोल केसी नेपालका लागि सबैभन्दा ‘ब्यांकेबल स्टार’ हुन्, त्यसमा शंका छैन । उनका फिल्मले दुई दिनसम्म हलमा दर्शक तान्ने क्षमता राख्दै आएका छन् तर उनलाई फिल्ममा खेलाउन भने निर्माता निर्देशकले महँगो मूल्य तिर्नुपर्ने भएको छ । बजारको तुलनामा अनमोलको भाउ दिन दुई गुना रात चौगुना बढिरहेको छ । दुई वर्षअघि ‘कृ’का लागि २० लाख दिँदा तरंगित भएको फिल्म उद्योग, उनको सो फिल्म रिलिज भएको छैन ५० लाख तिर्न निर्माताबीच तँछाडमछाड देखिएको छ । अहिले पनि अनमोलले हुन्छ भन्ने हो भने निर्माता खुसीसाथ ५० लाख तिर्न तयार छन् ।
पहिलो त श्वेताले हतारहतार गीत रिलिज गर्दै माघ २६ मा आफूले निर्माण गरेको फिल्म ‘कान्छी’ ल्याउने घोषणा गरिन् । केही समयपछि जब अनमोल केसीको अभिनय रहेको ‘कृ’ले पनि सोही मितिमा आउने घोषणा ग¥यो, फेसबुकमा लामो स्टाटस लेख्दै भुवन केसीले आफूलाई अबला सम्झेर हेप्न खोजेको भनी सहानुभूति लिन खोजिन् । बीच बीचमा ‘कान्छी’ सर्छ र ? भन्ने पत्रकारको प्रश्नमा श्वेताले कसैगरी पनि फिल्म नसर्ने जवाफ दिने गरेकी थिइन् ।
फिल्म उद्योगमा फिल्मको व्यापार फापोस् नफापोस्, अवार्डको व्यापार राम्ररी फस्टाएको छ । त्यसैले वर्षभरि जति फिल्म हिट हुन्नन्, त्योभन्दा कैयौं गुना ज्यादा अवार्ड कार्यक्रम हुन थालेका छन् । यसका लागि कलाकारले मन्त्री फकाउनेदेखि आयोजक किन्नेसम्म घटनाले यस्ता अवार्ड विकृत छन् । हालैका दिनमा यस्तो घटना घट्यो, जुन अवार्ड इतिहासमै विरलै हुन्छ । त्यो घटना थियो कलाकारले अवार्ड फिर्ता गरेको घटना ।
सिनेमाका समीक्षकहरुको समूह फिल्म क्रिटिक सोसाइटीले २०७१ साल यता निर्माण तथा प्रदर्शन भएका सर्वोत्कृष्ट फिल्म छान्दै तिनलाई ‘क्रिटिक अवार्ड’ दिएका छन् । विजेताले समीक्षकको नजरमा आफू र आफ्नो सिर्जना परेकामा गौरव अनुभूत गरेको बताएका छन् । सोसाइटीले गएको बुधबार २०७१, २०७२ र २०७३ सालमा बनेका सर्वोत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरेको हो ।
विवेक थापा निर्देशित फिल्म ‘कन्फ्युज’ आजबाट देशभरिका सिनेमा हलमा प्रदर्शन हुने भएको छ । केएस काफ्लेको निर्माण रहेको फिल्ममा भारतीय अभिनेता पवन कुमार र कला घिमिरेको मुख्य अभिनय छ । बुटवल आसपास छायाँकन गरिएको फिल्म प्रेम कथामा आधारित रहेको निर्माता काफ्लेले जानकारी दिए । फिल्मलाई सञ्जिव रेग्मीले खिचेका छन् भने शंकर अधिकारीले संगीत भरेका छन् ।
सबैलाई थाहा छ, पूजा शर्मा अभिनयको भरमा भन्दा निर्देशकको भरमा हिट भएकी अभिनेत्री हुन् । पाँच÷छ वटा फिल्म खेलेकी पूजाले पहिलो फिल्मबाहेक बाँकी सबै फिल्म सुदर्शन थापाको निर्देशनमा गरेकी छन् । यस्तोमा हालसालै पूजाले आफूले ६ लाख पारिश्रमिक दिएर फिल्म खेल्न अफर गर्दा पनि नखेलेको बताएकी छन् तर कतिपय समाचार कस्ता भने सत्य नै भए पनि पत्यार नलाग्ने । पूजाको यो समाचार पनि यस्तै श्रेणीमा परेको छ ।
मिस नेपालबाट दर्जनौं सुन्दरीहरु विश्वका विभिन्न प्रतियोगितामा भाग लिन्छन् । अधिकांशको सहभागिता घुमघामभन्दा पर जान सकेको छैन । मिस वल्र्ड, मिस अर्थ वा अन्य यस्तै प्रतिस्पर्धामा जाने सुन्दरीहरू सहभागी हुन्छन् र खालि हात घर फर्कन्छन् । तर, जानेले केही नल्याए पनि बिगारेका थिएनन् । तर, यो पटक मिस नेपालको सेकेन्ड रनरअप भएर मिस इन्टरनेसनलमा सहभागिता जनाएकी नीति शाहले भने न ताज ल्याइन् न देशको इज्जत बचाइन् ।
देशमा जाडो लागिसकेको छ । तातो पानीबिना सितिमिति नुहाउन गाह्रो पर्छ तर नेपालकी एक आउटडेटेड हिरोइन छिन्, जो बेमौसममा नुहाएर चर्चामा आएकी छिन् । ती हिरोइन हुन्, सुष्मा कार्की ।
सुष्माले कुनै समय फिल्म पनि खेल्थिन् भन्ने जस्तै छ अवस्था । उनलाई फिल्ममा दर्शकले देख्न नपाएको धेरै भइसक्यो तर समाचारमा आउने आदत अझै गएको छैन, सायद ।
आफूअनुकूल समाचार आउञ्जेल दंग पर्ने तर आफूविपरीत समाचार आयो भने पहाडै खसे जस्तो गर्ने कलाकर्मीको यहाँ कुनै कमी छैन । एक दुई होइन उद्योगका अधिकांशमा यस्तै समस्या छ । यस्तै समस्याको सिकार बनेकी छन्, अभिनेत्रीबाट हालसालै निर्देशक बनेकी झरना थापा । उनले आफूले गरेको कुरा पनि होइन भन्दै फेसबुकमा झुटो स्ट्याटस लेखेपछि आफैँले थापेको फन्दामा आफैं परेकी छन् ।
कवि तुलसी ‘दिवस’ ले लेखेको ‘सम्झिराख’ गीतलाई लोकपप व्यान्ड नेपथ्यले आफ्नो दसौं एल्बममा समेटेको छ । व्यान्डले यो गीतको भिडियो पनि तयार पारेको छ । गीतको भिडियो ललितपुरका पुराना गल्ली, दरबार र ढुंगेधारामा खिचिएको छ । भिडियोमा ब्यान्डका सदस्यहरु रातको एकान्तमा पुरानो सहरको यात्रामा निस्किएको देखाइएको छ ।
‘एक लड्कीको देखा तो ऐसा लगा...’ एलइडीमा चलिरहेको यो गीतसँगै बलिउडकी प्रसिद्ध अभिनेत्री मनिषा कोइराला जब ¥याम्पमा देखिइन्, तालीले माहोल एकाएक गुञ्जियो । फिल्मको पर्दामा देखिँदै आएकी उनी जब मंगलबार काठमाडौं, सानेपास्थित हेरिटेज गार्डेनको र्याम्पमा हिँड्न थालिन्, धेरैका लागि त्यो क्षण फिल्मको दृश्यभन्दा फरक भएन ।
दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्म ‘गुडबाई काठमाडौं’ले भारतको कोलकातामा भएको ‘कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘नेटप्याक अवार्ड’मा ‘उत्कृष्ट फिल्म’को अवार्ड जितेको छ । राजनीतिक द्वन्द्वका कारण युवाहरू कसरी आफ्ना सपना त्यागेर पलायन हुन बाध्य भए भन्ने कथालाई तीन पात्रमार्फत प्रस्तुत गरिएको फिल्मले सो अवार्ड पाएको हो । नविन सुब्बा निर्देशित फिल्म कोलकाताको फेस्टिभलमा अवार्ड जित्ने पहिलो नेपाली फिल्म बनेको छ ।
दुई साउन्ड रेकर्डिस्टले फिल्म निर्माणको सिलसिलामा ध्वनि प्रयोगका सन्दर्भमा अनभूत गर्ने कुरालाई विषय बनाई प्रस्तुत गरेको फिल्म ५ औं संस्करणको एकादेशमा इन्टरनेसनल सर्ट फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म बन्न सफल भएको छ । थाइल्यान्डका निर्देशक सोरायोस प्रपानले निर्देशन गरेको १६ मिनेटको यो सर्ट फिल्मले मानिसको आवाज झैं फिल्ममा ध्वनिको महत्व हुन्छ भन्ने सन्देश दिन खोजेको थियो ।
बलिउडका प्रख्यात अभिनेता गुल्सन ग्रोबर यतिबेला काठमाडौंमा छन् । बलिउडमा भिलेन चरित्रमा निकै रुचाइएका उनी यतिबेला यहाँ नेपाली फिल्ममा अभिनय गर्न व्यस्त छन् । उनी ट्री सिटीको ब्यानरमा निर्माणाधीन फिल्म ‘द म्यान फ्रम काठमाडौं’मा पनि भिलेनकै चरित्रमा छन् । यस ब्यानरका प्रमुख क्युएफएक्सका प्रमुखसमेत रहेका नकिम उद्दिन हुन् ।
सारा श्रीपालीको पहिलो फिल्म कतिबेला आयो र कतिबेला गयो पत्ता भएन । ‘रुद्र’मार्फत निखिल उप्रेतिको अपोजिटमा डेब्यु गर्दा धेरैलाई उनबाट अपेक्षा थियो । तर, हलमा न निखिलको दम देखियो न फिल्मको । डेब्युमा हिट हिरोइनको ट्याग भिर्ने साराको सपना चकनाचुर भयो । यतिसम्म त ठीकै त , पहिलो फिल्म फ्लप भए पनि हिट भएका थुप्रै उदाहरण छन् ।
‘पर्व’ फ्लप भएपछि नम्रताले दिनेश राउतलाई लिएर ‘टकिला सनराइज’ बनाउने चर्चा थियो । यसका लागि उनले बलिउडका आदित्य नारायण झासँग पनि कुरा पुर्याएकी थिइन् । तर, आदित्यले चासो दिएनन् । त्यसयता त्यो फिल्म सेलायो ।
पहिलो फिल्म गुमनाम रहे पनि दोस्रो फिल्म ‘प्रेमगीत’ले प्रदिप खड्काले चिनाएन मात्रै रातारात स्टारको दौडमा पनि सामेल गरायो । तेस्रो फिल्म ‘प्रेमगीत २’ले राम्रै व्यापार गरे पछि प्रदिप स्टारको दौडमा छन् । तर, यति हुँदाहुँदै पनि प्रदिपको दुर्भाग्य, सधैं आफूभन्दा जेठी अभिनेत्रीसँग मात्र रोमान्स गदै आएका छन् ।
नेपाल चलचित्र समीक्षक समाज (फिक्सन) ले तीन वर्षको क्रिटिक्स अवार्ड एकसाथ वितरण गर्ने भएको छ । आगामी मंसिर ६ मा बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा २०७१, २०७२ र २०७३ सालको क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिने भएको हो ।
माखाको जस्तो चित्त छ, अनु शाहको । सानो सानो कुरामा पनि रिसाउँछिन् । यही कारणले गर्दा शाहको सुटिङ सक्दासम्म निर्माता निर्देशक र कोस्टारसँग पानी बाराबार भइसकेको हुन्छ । भर्खरै गीत रिलिज भएको फिल्म ‘कान्छी’ युनिटसँग पनि अनुको यही समस्या दोहोरिएको चर्चा छ ।