आफूले रोजेको मान्छेसँग फिल्म खेल्न पाएपछि को मख्ख पर्दैन र ? अझ आमाबुबाले नै खुलेआम छोरीज्वाइँ भनेर मिडियामा फुकिसकेका व्यक्तिसँग फिल्ममा जोडी हुन पाएपछि सुहानाको किशोरी मनमा लड्डु फुट्ने नै भयो।
राम्रा केटी भनेपछि हुरुक्कै हुने हाँस्य कलाकार दीपकराज गिरीलाई नायिका ऋचा शर्माको बिहे हुने खबरले चित्त दुखेको रहेछ। उनले त्यो दुखेसो पोखीहाले एक कार्यक्रममा उनले ठट्यौली शैलीमा भने ‘राम्री केटीको बिहे हुने कुराले मलाई बेखुस बनाउँछ।’
नायिका पूजा शर्मालाई ‘पोइ प-यो काले’ फापेन। बरु गोरे फाप्थ्यो कि ! अहिले उनी ‘म यस्तो गीत गाउँछु २’को सुटिङमा व्यस्त छिन्। यसबीच एक मिडियाले पूजाको फिल्म ‘प्रेमगीत ३’सँग भिड्दै भनेर समाचार लेखेको थियो।
सदाबहार नायकको ट्याग पाएका भुवन केसी अहिले आफ्नो भन्दा छोरा अनमोलको करियर बनाउनै फोकस छन्। आखिर उनका कारण त छोरा अनमोल अहिले इन्डस्ट्रीको डिमान्डेड कलाकार बनेका छन्।
‘लालपुर्जा’बाट अभिनय थालेकी मिरुनाले यस पटक पनि फिल्मबाट निराशा मात्रै हात पारिन्। यसअघि लगातार तीन वटा फिल्म फ्लप भएपछि उनलाई ‘चचहुइँ’बाट धेरै आशा थियो।
गायिका आस्था राउतले दोस्रो एल्वम ‘आधार भाग २’ ल्याएकी छिन् । म्युजिक नेपालले उत्पादन गरेको एल्बमलाई हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्रीलगायतले सार्वजनिक गरेका थिए ।
न आयोजकको हैसियतको चासो, न कार्यक्रमको शैलीबारे मतलब ! हवाई टिकट, होटल खर्च, मञ्च अनि पुरस्कारको नाममा खादा र ट्रफी भए पुग्छ नेपाली कलाकारलाई। जापानमा यसै साता भएको ‘सूर्य इन्टरनेसल अवार्ड’ले विदेश घुम्न पाइने भनेपछि कतिसम्म मरिहत्ते गर्छन् हाम्रा कलाकार भन्ने देखाइदियो।
स्ट्यान्डप कमेडीको बढ्दो लोकप्रियतासँगै नेपालमा पनि कार्यक्रम शुरु भयो, ‘कमेडी च्याम्पियन’। कार्यक्रमका निर्णायक छन्, सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र फिल्म निर्देशक प्रदीप भट्टराई। कार्यक्रम घोषणा हुँदा नै भारतीय कार्यक्रम ‘कमेडी च्याम्पियन’को नक्कलको आरोप लागेको थियो।
लाइभ राउन्ड अगाडि बढेसँगै भ्वाइस अफ नेपाल सिजन २ मा प्रतिस्पर्धीको संख्या आठमा झरिसकेको छ। प्रतिस्पर्धीको संख्या घटेसँगै टिक्न सफल प्रतिस्पर्धीको ढुकढुकी बढिरहेको छ।
अमेरिकी गायिका म्याडोनाको कन्सर्ट रद्द भएका छन्। ‘म्याडम एक्स’ टूरको दौरान घाइते भएकी गायिका म्याडोनाको बोस्टनमा आयोजना हुने भनिएका कन्सर्टहरु रद्द गरिएका हुन्।
नायिका स्वस्तिमा खड्का र नायक निश्चल बस्नेतको रियल जोडीको चर्चा सधैँ फिल्म क्षेत्रमा चल्ने गर्छ। दर्शकले नायक निश्चललाई ‘काले दाइ’ अनि स्वस्तिमालाई ‘राष्ट्रिय भाउजू’को उपनाम दिँदै आएका छन्।
नायिका मिरुना मगरले ‘लालपुर्जा’बाट आफ्नो अभिनय शुरु गरिन्। उनको पहिलो फिल्म अभिनेता सौगात मल्ल र विपिन कार्कीसँग थियो तर उनको पहिलो फिल्म नै फ्लप भइदियो।
भुवन केसीलाई दर्शकले बिर्सिए रे ? यस्तो पनि हुनसक्छ र ? उनी जत्ति यो उद्योगमा समय बिताउने अरु कुन चाहिँ हिरो छ ? यस्ता हिरोलाई दर्शकले बिर्सिने कुरा हुन्छ र ?
अभिनेत्री विनिता बराल यतिबेला निकै खुसी छन्। गत जेठमा प्रेमी तिलक पौडेलसँग विवाह बन्धनमा बाँधिएकी उनलाई कहिले ठूलो भएको पेट त कहिले कोक्रो बनाउँदैमा फुर्सद छैन।
अभिनेत्री आँचल शर्मा पल शाहसँग नाम जोडिएर आउने गरेको हल्लाले आजित बनेकी आँचल अब बिहे बन्धनमा बाँधिने तयारीमा छिन्। एक वर्षदेखि आँचल डा. उदीप श्रेष्ठसँग गहिरो प्रेममा छिन्।
नेपाली अभिनेत्रीहरुले प्रेमीसँग रमाइरहेको तस्बिर सामाजिक सञ्जालमा राख्ने होडबाजी नै चलेको छ। केही दिनअघि ‘कृ’ अभिनेत्री अदिति बुढाथोकीले सामाजिक सञ्जालमा आफ्नो तस्बिर सेयर गरेकी थिइन्।