उच्च अदालत पाटनले २३ माघमा जिल्ला अदालत काठमाडौंको निर्णय उल्टाउँदै गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राखेर अनुसन्धान गर्ने आदेश दियो।
म विदेश नगएको भए राज्य पक्षबाट पनि र माओवादी पक्षबाट पनि मारिन सक्थेँ। माओवादीको लागि म भगौडा थिएँ, राज्यको लागि विद्रोही ! परिवारको लागि भरथेग गर्ने आशाको केन्द्र पनि थिएँ। यी सबै कुरा सम्झँदा म कहाँ जाऊँ, के गरौँ भनेर उकुसमुकुस हुन्थ्यो।
बिहीबार पक्राउ परेका राजिवले प्रहरी र सरकारी वकिलको कार्यालयमा पनि अखिल नेपाल फुटबल संघ कास्की शाखा अध्यक्षलाई आफूले झापड हानेको बयान दिएका थिए। उनले खेलाडीलाई खाने, बस्ने व्यवस्था नगरेका कारण झापड हानेको पत्रकार, प्रहरी र सरकारी वकिलसँग पनि स्वीकारे।
धर्मको आडमा अनेक धन्दामा संलग्नहरु एकपछि अर्को आपराधिक अपराधको अभियोगमा पक्राउ पर्ने श्रृंखला जारी नै छ। बलात्कार अभियोगमा पक्राउ परेका कृष्ण दास गिरी धरौटीमा छुटे।
दुई वर्षयता सानफ्रानसिस्को बे एरियामा मात्र पाँच जना नेपालीले आत्महत्या गरिसकेका छन्। सन २०१८ को सेप्टेम्बर १३ मा नेपाली विद्यार्थी सञ्जित भट्टले सानफ्रान्सिस्कोबाट केही माइलको दूरीमा रहेको सान राफेल पूलबाट उफ्रेर आत्महत्या गरे।
आफ्नै चेलीबाट बलात्कारको आरोप लागेर प्रहरीले पक्राउ गर्ने सुइँको पाएपछि कृष्णदास गिरी हृदयघातको नाटक गरेर विराटनगरको विराट नर्सिङ होममा भर्ना भएपछि पक्राउबाट जोगिएनन्। उनी मंसिर १६ मा अस्पतालबाटै पक्राउ परे।
लागूऔषध दुव्र्यसनीमा जेल परेकाहरु कारागारबाट छुटिसकेपछि पुनः त्यही कार्यमा संलग्न हुनेको संख्या बढेको छ। जेलबाट छुटेपछि पुरानै संगतमा पुग्नु अन्य आयआर्जनको बाटो समाउन नसक्नु, समाजले हेयको भावले हेर्नु जस्ता कारण पाइएको छ।
जेनरल फिजिसियन रोहितकुमार झा ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा बिरामी जाँचिरहेको अवस्थामा हुनुपर्ने हो। तर पेशागत धर्म बिर्सिएर आफूसँग उपचार गर्न आएकी बिरामीमाथि ‘अपराध’ गर्दा उनी अहिले महानगरीय प्रहरी परिसर ललितपुरको हिरासतमा छन्।
रौतहटमा रजगज गरिरहेका पूर्वमन्त्री मोहम्मद आफताब आलम आखिरमा जेल पुगिछाडे। तर उनको जेल यात्रासँगै रौतहटको बर्बर आपराधिक घटनाको कानुनी प्रक्रिया भने अझै सकिएको छैन।
यो चार वर्षको बीचमा बलराम सापकोटा उर्फ बले सर्च इन्जिनबाट मात्र गायब भएनन्, अपराधबाट समेत गायब भए। प्रायः प्रहरीले निकालिरहने गुण्डा सूचीमा उनको नाम छुट्दैनथ्यो तर पछि सुनिनै छाड्यो। एकाएक यिनै बले तिहारअगाडि पुनः चर्चामा आए जब महानगरीय प्रहरी वृत्त महाराजगञ्जले आफ्नो क्षेत्रमा चलिरहेको मिनी क्यासिनोमा छापा मा-यो।
पहिला समातिएलान् कि यत्तिकै सेलाउला भन्ने अन्योलका बीच दसैँअगाडि सरकारी निवासबाटै झ्याप्पै समातिए प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा। तर उनी प्रहरी हिरासतमा बसेनन्, बिरामी बनेर नर्भिक अस्पतालको बेडमा बिताए हिरासतका दिन।
पछिल्लो समय गाँजा खुल्ला गराउनुपर्ने अभियानले गति लिएसँगै केही कलाकारहरुले खुल्लमखुल्ला गाँजाको प्रोत्साहन गर्दै आएका छन् । नेपालको कानुनअनुसार गाँजा सेवन अपराधजन्य गतिविधि भए पनि सार्वजनिक कार्यक्रममै आफूले नियमित गाँजा खाने गरेको गर्वसाथ बताउने गरेका छन् ।
सञ्चारकर्मी शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनमा सर्तसहित धरौटीमा छुटेका टेलिभिजन सञ्चालक रवि लामिछाने र पत्रकार युवराज कँडेल चितवन जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका छन्।
शालिकराम पुडासैनी आत्महत्या घटनामा जोडिएका टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेलाई तीन सर्त सहित जिल्ला अदालत चितवनले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दियो ।
सिधा कुरा जनतासँगका कार्यक्रम सञ्चालक रवि लामिछाने धरौटीमा रिहा हुने भएका छन् । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको थुनछेक बहसकोक्रममा जिल्ला अदालत चितवनले उनीसँग ५ लाख धरौटी मागेको हो ।
कसलाई अभियोग लगाउने, कसलाई नलगाउने सो अधिकार जिल्ला न्यायाधिवक्ताको कार्यालयसँग हुन्छ । रविसहित तीन जनाको नाम यो मुद्दामा अभियुक्तको रुपमा अभियोग पत्र दर्ता भएकाले प्रहरी अनुसन्धानमा खुलेका तथ्यका आधारमा रविसहित तीनै जनालाई अभियुक्त बनाइएकाले जिल्ला न्यायाधिवक्ताको कार्यालयले तीनै जना संलग्न देखिएको स्वीकार गरेको देखियो ।