कण्डम केवल यौन मनोरञ्जनका लागि मात्रै प्रयोग हुने साधन हैन, यो गम्भीर रोगबाट जोगाउने साधन पनि हो । तर यो पनि स्वास्थ्यका अन्य साधन जस्तै हो भन्ने सोचको विस्तार हुन नसक्दा कण्डम शब्दै उच्चारण गर्न अधिकांश अझै हिच्किचाउँछन् ।
'उनको हात, खुट्टा कामिरहेको देखिरहेको थिएँ । उनको छटपटी बल्ल देखिन थाल्यो । कहिले पानी पिउँथे, कहिले शौचालय जान्थे । उनी डराएको संकेत पाएपछि ‘तपाईंले पैसा लिएको स्वीकार गरेर फिर्ता गर्ने कि प्रक्रियामा जाउँ ?’ भनेँ '
लामो समय एक्लै बस्न मन पराउने, पछि लागेको लाग्यै गर्ने, परिवार, समाजले थाहा पाए पनि वास्तै नगर्ने, एकोहोरिने जस्ता असामान्य व्यवहार देखिए उपचार आवश्यक पर्छ ।
निर्मला घटनामा ह्युमन इन्टेलिजेन्सले शंकास्पद देखाएका अधिकाशं पक्राउ परेर छुटीसके। डिएनए मात्र नहेर्नु भन्ने मानव अधिकार आयोगको निर्देशनपछि अब पूरानै पक्राउ पर्छन् या नयाँ ?
निर्देशक बिनाको पनि फिल्म हुन्छ र ? सामान्य दर्शकले पनि भन्न सक्छ, ‘हुँदैन ।’ तर अहिले नेपाली फिल्म जगतमा एउटा फिल्म निर्देशकविहीन देखिएको छ । त्यो हो, अभिनेत्री दीपशिखा खड्काले निर्माण गरेको फिल्म ‘प्रेमलीला’ । यो फिल्मको गीत र ट्रेलर कतै पनि निर्देशकको नाम देखिँदैन ।
नेपाली फिल्ममा अन्तरंग बेडसिनकाे दृश्य समावेश फिल्मको सूची गनिसाध्य छैन । यस्ता दृश्यले फिल्मको पोस्टर, ट्रेलर, गीत लगायतका प्रचार सामग्रीमा महत्वपूर्ण स्थान पाउने गरेका छन् । त्यहीअनुरुप फिल्म रिलिज अगाडि तिनीहरुको चर्चा पनि हुने गरेको छ तर अधिकांश फिल्मको व्यापारिक हालत दया लाग्दाे छ ।
शुक्रवारकर्मी रिपोर्टिङका क्रममा काठमाडौंको मित्रपार्कस्थित अम्बे अपार्टमेन्ट पुग्दा रवि र निकिताको निकटताबारे अपार्टमेन्टका धेरै जानकार भेटिए । केहीले यी दुवै १० महिनादेखि ‘लिभ इन टुगेदर’मा रहेको दाबी गरे । यो रिपोर्ट तयार पार्दासम्म उनी भाडामा बस्दै आएको सो अपार्टमेन्टको तेस्रो तल्ला अझै नछाडेको पाइयो । ‘उनी त्यहाँ नबसे पनि भाडा तिरिरहेका छन्,’ स्रोतले भन्यो, ‘आउँदो १ माघदेखि छाड्ने कुरा छ ।’
लाहुरेकाे शहरको रुपमा चिनिने धरान मस्तीमा अगाडि नै देखिन्छ । स्वतन्त्र विचारका युवापुस्ता विन्दास छन् यहाँ । पोखरा पनि कम छैन नाइट लाइफमा । रात्रि मस्तीमा काठमाडौंलाई आच्छुआच्छु पार्नसक्ने ल्याकत पूर्वमा यो शहरसँग मात्र छ ।
लागू औषध पुनस्र्थापना केन्द्रबाट उद्धार गरिएका दुई जनाले दिएको जानकारीअनुसार प्रालिको कर्मचारीले जबर्जस्ती समलैंगिक सम्बन्ध राख्ने गरेका थिए । नमाने चरम शारीरिक यातना दिन्थे ।
हिन्दु संस्कारमा पुरुषलाई श्रीमतीको निधन भएपछि अथवा अरु कुनै कारणवश विवाह गर्न छुट भए पनि महिलामा नरहेकाले पुरुषले जसरी सहज रुपमा दोस्रो विवाह गर्न सक्छ । महिलाका हकमा भने अझै अड्चन छ ।
सम्बन्ध विच्छेदका मुद्दामध्ये कतिपय त विवाहको पहिलो महिनामा नै समेत आउने गरेका छन् । किशोरावस्थामा हतारिएर विवाह गर्नेहरू कतिपयले विवाहको एक महिनामै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने गरेका छन् ।
यौन हिंसा बढ्नुमा अश्लील सामग्री कारक रहेको सरकारी निष्कर्षपछि नेपालमा २ हजारभन्दा बढी अश्लील वेबसाइटहरु हेर्न नमिल्ने बनाइयो तर यसले सेक्स क्लिप आउने क्रम भने रोक्न सकेन । अधिकांशको मोबाइलमा विभिन्न काण्डका नाममा यौन भिडियो आउने क्रम रोकिएको छैन ।