बलिउड अभिनेता सलमान खानको आगामी फिल्म ‘ट्युबलाइट’मा कट्रिनाले काम गर्ने हल्ला बलिउड वृत्तमा व्यापक थियो । कट्रिना आफ्ना पूर्वप्रेमी रणवीर कपुरसँग छुट्टिएपछि केही सातासम्म उनी सलमानसँग पुनः नजिकिन पुगेकी थिइन् । त्यत्तिकैमा ‘ट्युबलाइट’ बन्ने चर्चा चलेसँगै कट्रिनाले यसमा सलमानको जोडी भएर काम गर्ने कुरा पनि सुनिएको थियो ।
हलिउड अभिनेत्री सलमा हायाक अहिले पति फ्रान्स्वा पिनाल्टको प्रेममा लिप्त छिन् । पिनाल्टबाट एक दिनको दूरी पनि उनलाई सह्य छैन । पिनाल्टबाट छुट्टिनुपर्ला भनेर नै उनले केही समययता अभिनयका थुप्रै अफर अस्वीकार गरिसकेकी छिन् ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बोल्ड स्वभावका अभिनेताको चकलेटी जोडी भएर धेरै फिल्ममा काम गरिसकेकी छिन् । सलमान खानसँग फिल्म ‘दबंग’मा, अक्षय कुमारसँग फिल्म ‘राउडी राठोर’मा र अजय देवगनसँग फिल्म ‘एक्सन ज्याक्सन’ र ‘सन अफ सरदार’मा उनले काम गरिसकेकी छिन् । यी सबै फिल्ममा अभिनेता बोल्ड खालका छन् भने सोनाक्षी रुन्चे सुन्दरी ।
केही वर्षअघि पपगायिका केटी पेरीले ‘रोर’ बोलको गीत लिएर आएपछि सांगीतिक क्षेत्रमा हलचल मच्चिएको थियो । युट्युबमा गीत सार्वजनिक हुनासाथ करोडौँ मानिसले उनको भिडियो हेरेका थिए । हलचल मच्चाउने क्रमलाई केटीले अझैसम्म जारी राखेकी छिन् ।
हुन न हलिउड अभिनेत्री निकोल किडम्यान ४९ वर्षकी भइसकिन् । आधा शताब्दीको छेकोमा पुगिसके पनि उनको जवानी भने अझै झर्झराउँदो खालको छ । यस्तोमा गत साता उनी अचानक बूढी भइन् ।
बलिउड अभिनेत्री दिया मिर्जाले लामो समयसम्म चल्ने टीभी सिरियलमा काम गर्नु आफ्ना लागि सम्भव नभएको बताएकी छिन् । यद्यपि, टीभी सिरियलमा काम गर्न आफू इच्छुक रहेको उनले बताइन् ।
पपगायिका टेलर स्विफ्ट अमेरिकी ¥यापर कान्ये वेस्टसँग बेपत्ता रिसाएकी छिन् । कान्येले आफ्नो नयाँ गीतमा टेलरको नाम जथाभावी लिएको र गीतको म्युजिक भिडियोमा टेलरको नग्न मैनमूर्तिलाई जथाभावी प्रयोग गरेपछि टेलर रिसाएकी हुन् ।
बलिउड अभिनेत्री प्रियंका चोपडाले हालसालै बेलायतमा आफू अभिनीत अमेरिकन टीभी सो ‘क्वान्टिको’ सार्वजनिक गरिन् । टीभी सोको प्रमोसनका लागि अहिले उनी विभिन्न देश घुमिरहेकी छिन् ।
बलिउड अभिनेत्री दीपिका पादुकोण अहिले दौडमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लङ टेनिसकी खेलाडी उनले दौड प्रतियोगितामा भाग लिएकी भने होइनन् । बन्न लागेको नयाँ फिल्ममा काम गर्ने अवसर हत्याउन उनी अर्की एउटी अभिनेत्रीसँग लामबद्ध भएर उभिएकीले यसलाई भारतीय सञ्चारमाध्यमले अवसर हत्याउने उनको दौड भनेका छन् ।
बलिउड अभिनेत्री सन्नी लियोनी ढाका टोपीमा देखिएकी छन्। उनले आफ्नो ट्विटरमा ढाका टोपी लगाउको तस्विर सार्वजनिक गरेकी हु्न्। उनले ट्विट गर्दै नेपाल छोड्नु परेकोमा दुखी भएको उल्लेख गरेकी छन्। ‘नेपाल छोड्नु पर्दा दुखी छु, अन्ततःमेैले नेपाली ह्याट पाए जसका लागि मैले केही समयदेखि कुरिरहेकी थिएँ,’ उनले लेखेकी छन्।
अभिनयबाट केही समययता विराम लिएर सामाजिक क्षेत्रमा सक्रिय हुँदै आएकी हलिउड अभिनेत्री एन्जेलिना जोलीले नयाँ फिल्ममा काम गर्ने चर्चा अहिले हलिउड वृत्तमा चलेको छ ।
हलिउड अभिनेत्री फ्रिडा पिन्टोले अभिनय क्षेत्रबाट सामाजिक क्षेत्रमा एकैपटक ठूलो फड्को मारेकी छिन् । ओस्कार विजेता फिल्म ‘स्लमडग मिलेनियर’ मा काम गरेकी उनी अब अमेरिकी सरकारको पहलमा आरम्भ भएको कार्यक्रम ‘लेट गल्र्स लर्न’मा आबद्ध भएकी छिन् ।
अमेरिकी मोडल तथा अभिनेत्री किम कार्दसियन न्युड फोटो सुट गराउन माहिर छिन् । म्यागजिनका लागि मात्र नभई सामाजिक सञ्जालका लागि पनि बेलाबेलामा नग्न फोटो खिचाउने गरेकी उनले आमाले गर्दा आफूले नग्न फोटो खिचाउन सुरु गरेको खुलासा गरेकी छिन् ।