सानेले दुवै हात जोड्यो र सरस्वती माताको प्रार्थना गर्दै मनमनै भन्यो– “सरस्वती माता मलाई आमाले भनेजस्तो वरदान चाहि“दैन । म आफै“ पढ्न र ठूलो मान्छे बन्न सक्छु । बरु मेरी आमाका तिघ्राहरु मोटा–मोटा, गाला पुक्क फुलेका र अङ्गुरहरु फर्सीका गट्टा जत्रा बनाइदिनु होला ।”
प्रश्न सोध्न नै सिकाइँदैन । त्यसैले हाम्रा बालबालिका धेरै जिज्ञासु छैनन् । त्यसको प्रभावले अनुसन्धानकर्ता, वैज्ञानिक हुने संख्या कम छ । जबसम्म प्रश्न सोध्न सिकाइँदैन, विषयवस्तुलाई फराकिलो ढंगबाट सिकाउन लागिँदैन, उनीहरुको शिक्षा फराकिलो हुन्न । बालबालिकाले प्रश्न सोध्दा झिँजो मान्दै ‘कति सोधी रहेको’ भन्ने जस्तो जवाफ दिनुहुन्न ।
सही लेखकलाई पुरस्कार पाउँदा–नपाउँदा कुनै फरक पर्दैन । ऊ निरन्तर साहित्यिक साधनामा लागिरहन्छ । जो कमजोर र कमसल लेखक हो उसले पुरस्कार नपाउँदा गुनासो गर्छ, रुन्छ ।
समालोचना भनेको राम्रो–नराम्रो उल्लेख गर्नुपर्ने हुन्छ तर यहाँ त्यस्तो चलन छैन । समीक्षा लेनदेनमा आधारित अनि एक्सचेन्ज गरेर लेख्ने प्रवृत्ति छ । तथाकथित समालोचकहरुले गर्ने रिभ्यु खासै पढ्दिनँ र मान्दिनँ पनि ।
कविताका शब्द बुझ्न त्यत्ति धेरै माथापच्ची पनि गर्नु पर्दैन । सरल हुन्छन् शब्दहरु । अपाच्य नै किन नहोस्, चलन चल्तीका शब्द प्रयोग गर्छन् तर ती शब्द घोच्ने काँडाजस्ता तिखा हुन्छन् ।
पुरस्कारको काम प्रतिभाको सम्मान गर्नु हो तर सम्बन्ध निभाउन, शेखी झार्न, आफ्नो ओज देखाउन, आदानप्रदान गर्न यसको प्रयोग हुन थालेको महसुस श्रष्टाहरुले गरेको निकै भयो । किन बदनाम छन् पुरस्कार ?
‘क्रान्तिका लागि त दस्तावेज लेखिन्छ साहित्य होइन। ‘कसैले साहित्यमा वाद हुन्छ भनेर छुट्टाउँछ भने म त्यसलाई साहित्य मान्दिन । साहित्य जीवन्त हुनुपर्छ । बाँधिएर लेख्ने सहित्य होइन । साहित्य चरित्र हो, वाद होइन ।’ परशु प्रधान
चल्तीका अधिकांश साहित्यकारमा राजनीतिक पार्टी र आइएनजिओले ल्याइदिने मुद्दामा मात्र केन्द्रित हुने प्रवृत्ति छ । तिनमा आफ्नो मौलिक चेत देखिँदैन । राजनीतिक दल नपुगेको ठाउँमा पुगेर नयाँ विचार, दर्शन दिनुपर्ने, उज्यालो छर्नुपर्नेमा उनैको फेरो समातेर हिँड्ने साहित्यकारहरु धेरै देखिन्छन् ।
१० वर्ष देखि टिचिङ अस्पतालमा सेवारत डाक्टर अपर्णा कोइराला बस्नेत साहित्यमा हामफालेकी छिन् ‘फलेन्, इन् लभ्’ पुस्तकमार्फत् । अंग्रेजी भाषामा लेखिएको यो पुस्तककी लेखिकाको साइनो कोइराला परिवारसँग जोडिए पनि राजनीतिमा कति जोडिएकी छैनन् । पेसाले उनी डर्मिटोलोजिस्ट (छालारोग विशेषज्ञ) हुन् । बिरामीको स्वास्थ्य जाँच्दाजाँच्दै उनले कसरी समाजको नाडी जाँच्न भ्याइन् ? शुक्रवारकर्मी प्रजु पन्तले गरेको कुराकानी ।
हामी युवा छँदा समाजले अश्लील मान्ने कुरा अहिले समाजले सहजै स्वीकार्छ । यदि यौनलाई अश्लील भन्नुभएको हो भने पनि गलत हो । के यौन अश्लील हो र ? सान्दर्भिक बनाएर यौनका कुरालाई कलात्मक ढंगले साहित्यमा उतार्दा अश्लीलता हुँदैन ।
नेपाली लेखकभन्दा पाठक निकै अगाडि छन् । केही सर्भेहरूले पाठकभन्दा लेखक कम पढ्छन् भन्ने बताइरहेका छन् । भने जस्तो पुस्तक नपाएर पाठकहरु अंग्रेजी पुस्तकतर्फ ढल्केका पनि छन् । कतिपय लेखकहरू साहित्यमा सहानुभूति लेखेर आफूलाई पाठकमाझ परिचित गराउन खोजिरहेका जस्ता देखिन्छन् ।
मानिसको यौन मनोभावनालाई टपक्कै टिपेर कलात्मक शैलीमा कथामार्फत प्रस्तुत गर्ने श्रीरामसिंह बस्नेत पेशाले पत्रकार हुन् । विभिन्न विधाका ८ पुस्तक निकालिसकेका बस्नेत मनोविश्लेषणात्मक कथा लेख्न बढी रुचाउँछन् । अहिले उनको ‘अनुहारहरू’ कथा सङ्ग्रह प्रकाशित भएको छ । मनोविश्लेषणात्मक यौन कथामा कलम चलाउन रुचाउने बस्नेतले लेखन र अहिलेको शैलीबारे प्रजु पन्तसँग साटेको अनुभव ।
किताब लेख्ने घोषणा गर्नुभन्दा अगाडि नै रेडियो नाटक लेखेको हो । नाटककारलाई लेखक तथा साहित्यकार नमान्ने हो र ? त्यस्तो आरोप लगाउनेलाई भन्दिनुस् के सेक्सपियर साहित्यकार होइनन् ? मैले सन् २००७ मा नै नाटक लेखेको हो । अनि म किन साहित्यकार भनेर चिनिन नहुने ?
कुनै लेखकको अघिल्लो पुस्तक राम्रो लागेर अर्काे पुस्तक पनि पढ्यो त्यो राम्रो हुँदैन । खालेद हासेनीको ‘एण्ड दि माउन्टेन इचोड’ राम्रो लागेन । उनका अघिल्ला कृतिहरु ‘दि काइट रर्नर’ र ‘अ थाउजेन्ड स्पेलेन्डडसन्स राम्रो लागेर पढेको थिएँ । अनि नयनराज पाण्डेको ‘घामकिरी’ फिटिक्कै मन परेन ।
सगौरव भन्छु म ब्याक बेन्चर थिएँ, र छु । पढाइमा लद्दु भएर होइन । कक्षाको अन्तिम बेञ्चमा बसेर पढ्नुको मज्जा यो छोटेमोटे कथाको काइते चिर्कटोमा अटाउँदैन । तपाईंहरूमध्ये कोही त प्रेममा पर्नु भएकै होला । यदि पर्नु भएको भए राजधानीमा गुड्ने लोकल बसको अन्तिम सिटमा बसेर यात्रा गर्नुको अद्भूत आनन्द तपार्इंहरूको प्रेम जोडीलाई पनि थाहा हुँदो हो ।