भारतको दक्षिणी भेग कोयम्बटुर निवासी चन्द्रकुमारले १० कक्षाभन्दा बढी पढ्न सकेनन्। गरिबीका कारण उनले परिवार भरथेग गर्नुपर्ने भयो। जुन दिन बाउआमाले उनलाई पढाउन सक्दिनँ भनेर हात उठाएका थिए, त्यो दिन उनी घर छाडेर भागे।
मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर संग्रहालय बन्ने पक्का भएको छ। गएको वर्ष नेपाल सरकारले संग्रहालय बनाउने घोषणा गरेको थियो। संग्रहालय बनाउन यो घरको घरधनी रहेकी देवकोटा पुत्री अम्बिकादेवी रिमाल सहमत भएपछि पछिल्लो समयमा भएका विभिन्न बैठकबाट घरलाई सरकार मातहत सार्नका लागि प्रक्रिया अघि बढाइएको नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए।
उप्रेतीका अनुसार घर र जमिनको मुआब्जा निर्धारण भइसकेको छ।
लेखक तथा साहित्यकार सञ्जीव उप्रेती प्राध्यापक पनि हुन्। २५ वर्ष त्रिभुवन विश्वविद्यालय केन्द्रीय अंग्रेजी विभागमा अध्यापन गराएका उप्रेतीका ‘सिद्धान्तका कुरा’ गैरआख्यान तथा ‘घनचक्कर’ र ‘हंस’ दुई उपन्यास प्रकाशित छन्।
तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन २ गते ‘जनयुद्ध’का नाममा सशस्त्र द्वन्द्व सुरु ग-यो। द्वन्द्व सुरु गर्नुअघि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई माओवादीले धर्म निरपेक्षता, संविधानसभाबाट संविधान निर्माण, जनवादी गणतन्त्र लगायतका ४० सूत्रीय माग राखेको थियो।
पहिलाको दसैंमा नाना र खानाको बजार गर्माउँथ्यो। एकाध वर्षदेखि भने पुस्तकले पनि बजार लिन थालेको छ। कपडा र खसीबोका व्यापारीझैँ किताबका व्यापारी पनि व्यस्त हुन थालेका छन्। सामाजिक सञ्जाल दसैंमा पढ्ने पुस्तकको चाङका तस्बिरले भरिन थालेका छन्।
झन् हिजोआज युट्युब, फेसबुक, टिभीका कारण आफ्ना छोराछोरीले नपढेको भन्नेमा धेरै अभिभावकको एकमत देखिन्छ। यही कारण अभिभावकमा धेरै चिन्ता थपिएको छ। अभिभावकले चिन्ता मात्र गरेर हुँदैन। चिन्तनशील हुन आवश्यक भइसकेको छ।
लेखक अमर न्यौपानेको चौथो कृति ‘गुलाबी उमेर’ बजारमा आएको छ। उनले चौथो पुस्तकमा एउटी किशोरीको हुर्कँदो उमेरको कथा पस्किएका छन्। जहाँ बाल्यकालबाट किशोर अवस्थामा प्रवेश गर्दा एउटी किशोरीमा देखापर्ने मानसिक तथा शारीरिक परिवर्तन र उतारचढावको कथा बुनिएको छ।
डा. मदनकुमार भट्टराईको ‘परराष्ट्रका पात्र’ पुस्तकको पछाडिको कभरमा लेखिएको छ, ‘यो किताब पढ्दा नेपालको परराष्ट्रका मामिला हालसम्म कस–कसले, कसरी चलाए भन्नेबारे तथ्यपरक जानकारी मिल्छ। विभिन्न कालखण्डमा नेपालको परराष्ट्र नीति के–कसरी तय भयो ? कुन नेता वा मन्त्रीको काम गर्ने शैली कस्तो थियो ? त्यसले समग्र परराष्ट्र सम्बन्ध सञ्चालनमा कस्तो असर पा-यो भन्नेबारे यो किताबले प्रस्ट्याउँछ।’
दुईवटा पुस्तक सँगै पढिरहेकी छु। सामन्था पावर अमेरिकन पत्रकार रै’छिन्। उनको पुस्तक ‘अ प्रोब्लम फ्रम हेल’। एक जना साथीले तिम्रोजस्तै लेखनशैली भएको पुस्तक छ पढ्नू भनेर सुझाव दिनुभएकाले यो पुस्तक पढेकी हुँ। उनको शैली पनि घटनाको व्याख्या गर्दै लेख्ने रहेछ। राम्रो लाग्दैछ।
समाजशास्त्री चैतन्य मिश्रको नेपाली भाषाको तेस्रो पुस्तक बजारमा आएको छ। शनिबार काठमाडौंमा उनको पुुस्तक ‘लोकतन्त्र र आजको माक्र्सवाद’ विमोचन भयो। राजनीतिक चिन्तक प्रदीप गिरी, सांसद विन्दा पाण्डे, राजनीतिज्ञ आहुती, पुस्तकका सम्पादक राजेन्द्र महर्जन र लेखक स्वयंले पुस्तक विमोचन गरेका थिए।
भदौ १ गते बसेको मदन पुरस्कार गुठीले २०७५ सालमा प्रकाशित कृतिहरुमध्येबाट छनोटको अन्तिम सातमा परेका योगेशराजको पुस्तक ‘रणहार’लाई प्रदान गरिने निर्णय गरेको छ।
यस वर्षको नेपाल साहित्य महोत्सवमा भारतीय लेखक जावेद अख्तर, शशी थरुर र अभिनेत्री शबना आजमी सहभागी हुने भएका छन्। आइतबार राजधानीमा आयोजित कार्यक्रममा आगामी मंसिर २७ देखि ३० सम्म पोखरामा आयोजना हुने नेपाल साहित्य महोत्सवबारे जानकारी गराइएको थियो।
नेपाली हास्यव्यंग्य साहित्यको खम्बा भैरव अर्यालको देहवसानसँगै गहकिलो हास्य चेतका पुस्तक हराए। साहित्यमा हास्यव्यंग्यकार नआएका हैनन्, अहिले पनि केही सक्रिय नै छन् तर गुणस्तरको मापनमा अर्यालको छेउछाउसमेत पुग्न सकेनन् उनका समकालीन र उनीपछिका पुस्ता।
सलिल सुवेदीद्वारा लिखित अमन साहीको स्वयम्भु मेथड पुस्तक र अमन साही, सन्तोष भक्त श्रेष्ठ, सलिल सुवेदी र निभा गुरुङको संगीत रहेको मेडिटेसन भाइब्स सिडीको विमोचन भएको थियो।
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को प्रस्तावित बजेट संसद्मा पेश गर्दा पुस्तक छपाई र बिक्री गर्नेबीच हल्लाखल्ला भयो। जेठ १५ मा उनले पेस गरेको प्रस्तावित बजेटमा विदेशमा छापिने पुस्तकबारे नयाँ प्रावधान राखिएको थियो ‘१० प्रतिशत भन्सार महसुल।’
भारतमा नेपालीभाषी रहेको दार्जिलिङ क्षेत्रलाई गोर्खाल्याण्ड बनाउनुपर्ने मागसहित भइरहेको आन्दोलनलाई पृष्ठभूमि बनाएर छुदेन काबीमोले लेखेको ‘फातसुङ’ उपन्यासले नेपालमा प्रशंसा पाइरहेको छ भने भारतमा रहेका नेपालीभाषीले ‘गद्दार’ भन्दै आलोचना गरिरहेका छन्।