बत्तासिएर आएको बस घ्याच्च रोकियो । दुर्लभ दृश्य देखियो– खाली नै रहेछ सिट ! नियमित रुपमा देखिने दृश्य भने छँदैथिए, मैला सिट कभर, सिसाबिनाका झ्याल र अघिल्ला टिपका यात्रुले छादले फैलिएको दुर्गन्ध ! यो देखेपछि एक मनले भन्यो, ‘झरौँ क्यार ! बरु अर्को बसमा जाउँला ।’
आज बिहानै उसको कलले मोबाइलको पहिलो रिङ बजायो । प्रायः साथीभाइको चिया निम्तोले बज्ने रिङ आज उसको कलले मोबाइलमा मधुर संगीत बजिरहेको थियो– पहाडमा जाडो बढे ... ।
चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ बजारमा आएको छ । यसअघि महमध्येका हरिवंशको आत्मकथा ‘चिना हराएको मान्छे’ पछि मदनकृष्णको पुस्तक पनि आउने अपेक्षा गरिएको थियो ।
धनगढीस्थित वनदेवी मन्दिर परिसरमा मंगलबार दिनभर वरिष्ठ डेउडा गायक दलबहादुर बोगटी र डेउडा गायिका निर्मला बिष्टबीच डेउडामा घम्साघम्सी भयो । उमेरले ७ दशक नाघेका गायक बोगटी र तीन दसक ननाघेकी तन्नेरी गायिका बिष्टबीचको दोहोरी डेउडाले धनगढीको माहोल तात्यो ।
डा. अर्चना थापा गैरआख्यानमा रुचि राख्ने लेखक हुन् । गैरआख्यानलाई अहिलेलाई थाँति राखेर हालै आख्यान ‘कठपुतला’ लिएर पाठकमाझ आएकी छन् । उनका कथासंग्रह र समग्र साहित्य संघर्षका बारेमा थापासँग चाँदनी हमालले गरेको भलाकुसारी ।
बाहिर झरी परिरहेछ..
पुराना ती यादहरु..
अतित बनेर झरीसँगै बर्सिदिँदा..
निथ्रुक्क भिजेको छु म ।
स्याखु ओडेर धान रोप्दा..
हिलाम्मे भएको सम्झना बोकेर..
यहाँ लम्सार फराकिला सडकहरुमा..
एउटा गह्रुँगो मन..
पाइलाहरु घिसारिरहेछ..
तर अर्को उड्ने मन..
आँफ्नै घरआँगन..
गाउँ घर र खेतबारीको..
उही हिले माटोमा..
रोपाइँ गर्न पुगिसकेको छ ।
व्यस्त बजार । मानिसको घुँइचो । ठेलमठेल मानिस । कसैलाई कसैको वास्ता छैन । सन्ध्याको समयमा गुँडमा फर्किरहेका पन्छीझैं । आफ्ना सन्तानको मायाले गोठालोबाट घर फर्कदै गरेका चौपायाझैं । सबै सबै हतार–हतारमा देखिन्छन् ।
कवितामै जीवन समर्पण गरेका कवि आर.आर. चौलागाईं प्रगतिवादी कविताका हस्ताक्षर हुन् । सामन्तीलाई चिठ्ठी, नौलो बिहानी, जिउँदा मानिसहरुजस्ता सात वटा कविता संग्रह प्रकाशित गरिसकेका चौलागाईंको हालै ‘असीम पर्खाइहरू’ कविता संग्रह प्रकाशित भएको छ ।
यौन तथा यौनजन्य रोगका बारेमा कलम चलाउने डाक्टर एवं संविधानसभा सदस्य डा. सुबोधकुमार पोखरेलको ‘दिल चोर’ संग्रह बजारमा आएको छ । कविता, मुक्तक तथा हाइकुहरू रहेको ‘दिलचोर’ केही दिनअघि लोकार्पण भएको हो ।
म सम्बोधनबाटै तिमीलाई अचम्मित पार्दै छु होला सायद । तिमीले अपेक्षा गरे बमोजिमको सम्बोधन सायद मैले गर्न सकिनँ । ‘असीमित प्यारका प्याला’ भनेको भए पनि तिम्रो अपेक्षाको केही प्रतिशत श्रेयको भागीदार म हुन्थें होला ।
पाठकबाट सकारात्मक तथा नकारात्मक दुवै प्रतिक्रिया आइरहेका छन् । पुस्तकले उठान गरेका विषयवस्तुले एक किसिमका पाठकलाई असन्तुष्ट बनाएको छ भने अर्काे किसिमका पाठकमा उत्साह थपेको छ । दुवै किसिमका पाठकलाई पुस्तकले आश्चर्यमा भने पारेको छ ।
पछिल्लो समय नेपालको इतिहासलाई खोतल्ने दुई वटा किताबले पाठकका बीचमा कौतुहलतासँगै बहस पनि सिर्जना गरिरहेका छन् । नेपालको परम्परागत इतिहास लेखिएको जस्तो नभएको भन्दै परम्परागत इतिहासलाई थप बलियो र स्पष्ट बनाउन लेखक सौरभको पुस्तक ‘असंगति’ सार्वजनिक भएको छ ।
मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कारका लागि श्रेष्ठ सूची छनोट गरेलगत्तै छनोटमा परेका लेखकहरुमा उत्साह बढेको छ । पुरस्कारको दाबीका लागि गुठीमा प्राप्त भएका एक सय एक सय ९५ पुस्तकमध्ये छनोट समितिबाट उत्कृष्ट नौ पुस्तकमा आफ्नो कृति परेसँगै पुस्तकका लेखकमा उत्साहसँगै पुरस्कार आफैँले पाउने विश्वास र आशा पनि पलाउन थालेको छ ।
आफ्नो संग्रहले पुरस्कार पाउँदा आम लेखकहरु खुसी भएजस्तै म पनि खुसी छु । अझ राम्रै राशिको पुरस्कार पाउनु लेखकका लागि अर्को सुखद् कुरा हो । अर्को कुरा, पुरस्कार पाए पनि नपाए पनि कविता लेख्ने जो कोही आफ्नो रचनाप्रति जिम्मेवार हुनुपर्छ । कविता लेख्नेले आफ्ना कविताका अक्षर, शब्द, हरफ र त्यसका अर्थप्रति इमान्दार, जवाफदेही र उत्तरदायी हुनुपर्छ ।
लेखक युग पाठकको नयाँ कृति ‘माङ्गेनाः नेपाल मन्थन’ सार्वजनिक भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा चिन्तक प्रदीप गिरी, समाजशास्त्री बालकृष्ण माबुहाङ, कवि निभा शाह र लेखक पाठकले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।
सरकारी तवरबाट कविलाई कविता लेख्न प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कविता महोत्सवमा खोटाङ निर्मलीडाँडाका कवि तथा कलाकार चन्द्र रानाहाँछा पुरस्कृत भएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमा २२९ जनाको कवितालाई उछन्दै उनको कविता सर्वोत्कृष्ट बन्न सफल भएको हो ।
बेलायत बसेर साहित्यकर्म गरिरहेका विजय सापकोटा पछिल्लो चरणमा कथा लेखनमा हस्तक्षेपकारी ढंगले आएका छन् । हालै उनको नयाँ कथासंग्रह ‘अनावरण’ अनावरित गरियो छ । यसअघि उनको ‘गाउँ खोज्दै जाँदा’ कवितासंग्रह प्रकाशित भइसकेको छ ।
‘गड अफ स्मल थिङ्स’ निस्केको २० वर्षपछि सामाजिक कार्यकर्ता, अभियन्ता तथा लेखिका अरुन्धती रोयले त्यसको निरन्तरतामा अर्को उपन्यास थपेकी छन् । हिन्दी फिल्मका अभिनेता परेश रावलले यी लेखिकालाई ‘आतंकवादीको ठाउँमा यिनलाई कारमा राखी ढुंगाले हान्नुपर्ने पात्र’ भनी टिप्पणी गरेका थिए ।
झापामा बसेर निरन्तर कविता लेखनकर्ममा फराकिलो पहिचान बनाएका केशव आचार्य गीत र गजल लेखनमा पनि उत्तिकै सक्रिय छन् । मिठो शैलीमा शक्तिशाली कविता लेख्ने आचार्यका दर्जनौं गीत पनि चर्चित छन् ।
काठमाडौं जन्मदै खाल्डोमा जन्मियो..कुवा इनारभित्र भ्यागुतो भएर जन्मियो..पेरुगेँ भएर जन्मियो..कालो भएर जन्मियो..जन्डिस भएर जन्मियो..अभाव भएर जन्मियो
यसरी काठमाडौं जन्मदै विडम्बना भएर जन्मियो।