भारतकी एक महिलाले मृतक पतिको वीर्य माग गरेपछि भारतको सरकारी निकाय अन्योलमा परेको छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक भारतीय व्यक्तिको बाटोमै मृत्यु भएको थियो । पतिको मृत्यु भएपछि पत्नीले अस्पतालसँग पतिको वीर्य माग गरेकी थिइन् । तर, मृतकको वीर्य झिक्ने कानुन अहिलेसम्म भारतमा नबनेकाले अस्पताल र स्वास्थ्य क्षेत्र हेर्ने सरकारी निकाय अहिले के गर्ने भन्ने अन्योलमा छ ।
बेलायतकी एउटी महिलाले गुप्तांग वरिपरिका रौँबाट पहिरन डिजाइन गरेकी छिन् । पपगायिका लेडी गागाले कुनै समय मासुबाट बनेको पहिरन लगाएपछि यसले खूब चर्चा पाएको थियो । त्यसैको सिको गर्दै सारा लुइस ब्रायनले गुप्तांग वरिपरिका रौँ खौरेर जम्मा गरेको रौँबाट कपडा बनाएकी हुन् ।
नग्न व्यक्तिलाई पेन्टिङमा जीवन्त उतार्ने गरेको प्रशस्तै देख्न पाइन्छ । तर, अमेरिकी शहर न्युयोर्कमा गत साता सयौँ व्यक्तिको नग्न शरीरमा पेन्टिङ गर्ने काम भयो ।
सयजना मानिस गत साता न्युयोर्कमा भेला भए । उनीहरू फटाफट आफ्ना कपडा खोलेर नांगिए ।
केटाकेटीहरू अभिभावकसँग स्विमिङ पुल जानु र अरूको रेखदेखमा थोरै पानी भएको ठाउँमा नुहाउनु सामान्य कुरा हो । तर, २२ महिनाका एक अमेरिकी बालक कसैको साहाराविना गहिरो स्विमिङ पुलमा मजासँग पौडी खेल्न सक्छन् ।
उमेरसँगै व्यक्तिको बलमा ह्रास आउँछ भन्ने आम मान्यतालाई चुनौती दिइरहेकी छिन्, भारतकी ७६ वर्षीया मीनाक्षी अम्माले । दक्षिण भारतको एउटा पुरानो मार्सल आर्टस फर्म कलरीपयत्तुकी प्रशिक्षकसमेत रहेकी उनी यो उमेरमा पनि मै हुँ भन्ने पहलवानलाई तह लगाउने क्षमता राख्छिन् । लौरो बोकेर गरिने द्वन्द्वको प्रशिक्षकसमेत रहेकी उनी यस विधामा अहिले पनि पहलमानहरूलाई दिनहुँजसो पराजित गरिरहेकी छिन् ।
सडक बालबालिकाले मागेको देख्दै आउनुभएको छ । तर, तिनै सडक बालबालिका अखबार प्रकाशनजस्तो उद्यममा सक्रिय हुन सक्लान् भन्ने कहिल्यै सोच्नुभएको छ ? भारतमा यस्ता बालबालिकाले साँच्चिकै अखबार प्रकाशन गरिरहेका छन् ।
दक्षिण अफ्रिकाको एउटा जनावर संरक्षण केन्द्रमा जाने जो कोहीले चितुवा र मानिसबीच कुन स्तरसम्म घनिष्ट सम्बन्ध हुन सक्छ भन्ने देख्न पाउँछन् । केन्द्रमा ग्याब्रियल नाम गरेको एउटा चितुवा पालिएको छ । सोही केन्द्रमा वोल्कर नाम गरेका व्यक्ति काम गर्छन् । यी दुई बीचको मित्रता देखेर केन्द्र भ्रमण गर्ने धेरैले आश्चर्य व्यक्त गर्ने गर्छन् ।
अठोट गरी संघर्षमा उत्रियो भने आफूभन्दा कैयौँ गुणा बलियो शत्रुलाई पनि पराजित गर्न सकिन्छ भन्ने कुरा एउटा मुसाले प्रमाणित गरिदिएको छ । एउटा सर्पले मुसाको बच्चालाई खान लाग्दा मुसाकी आमा आएर सर्पसँग लडाइँ गरी विजयी भएको भिडियो अहिले सामाजिक सञ्जालतिर भाइरल भइरहेको छ ।