पोखरामा अन्तर्राष्ट्रिय कला शिविर तथा प्रदर्शनी भयो। सुनहरि छबिल फाउण्डेसन राजस्थान इन्डियाको आयोजनामा इन्डिया नेपाल अन्तर्राष्ट्रिय कला कार्यशाला तथा प्रदर्शनी पोखराको लेकसाइडमा भएको हो।
असार–साउनमा जलकुम्भीले छोपेर फेवाताल बिरुप हुँदै आएको धेरै वर्ष भयो। स्थानीय संघसंस्था र स्थानीय निकायको पहलमा जलकुम्भी हटाइन्थ्यो। यो पालि असोजमा समेत फेलाताल जलकुम्भीमय भइदियो।
पोखराको विन्ध्यवासिनी मन्दिरमा चलचित्र गुञ्जनको शुभमुहूर्त भयो। उक्त चलचित्रको ९० प्रतिशत छायांकन पोखरामा हुने र बाँकी काठमाडौंमा गरिने निर्माण युनिटले जानकारी दिएको छ।
गायक पुरुषोत्तम न्यौपानेको ‘नाकै माथि फुली’ गीत सार्वजनिक गरेका छन्। उनले मध्यपश्चिम क्षेत्रमा लोकप्रिय सीगारु गीत सार्वजनिक गरेका हुन्। गीतमा न्यौपाने र शक्ति चन्द्रको आवाज छ।
मिस गुरुङ इन्टरनेसनल सिजन ३ को उपाधि तनहुँकी बिनु गुरुङले जितेकी छन्। देशभरिबाट छानिएका १५ प्रतिस्पर्धीबीच सम्पन्न भएको मिस गुरुङ इन्टरनेसनल तेस्रो संस्करणको उपाधि बिनुले जितेकी हुन्।
सहारा क्लब पोखराको अध्यक्षमा पुनः केशवबहादुर थापा चयन भएका छन्। क्लबको २१ औं साधारणसभा तथा ११ औं अधिवेशनले थापाको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति चयन गरेको हो।
पोखराको बैदामस्थित तालबाराही माध्यमिक विद्यालयको प्रधानाध्यापकमाथि अनियमितताको आरोप लागेपछि विद्यालय बन्द भएको छ। प्राधानाध्यापक भद्रकाली लामिछानेमाथि भ्रष्टाचारको आरोप लागेपछि सूचना टाँसेर एक्कासि विद्यालय बन्द गरियो।
पोखरामा घुम्नै पर्ने अर्को गन्तव्य थपिएको छ। तालतलैया, हिमशृङ्ला, गुफा लगायतका प्राकृतिक सम्पदाले भरिपूर्ण यो शहरमा यतिबेला नेवारी परम्परा तथा संस्कृति अध्ययन अवलोकनका लागि नेवारी सांस्कृतिक संग्रहालय स्थापना गरिएको हो।
नेकपाका तर्फबाट तीन पटक सांसद रहिसकेका पूर्वमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनापछि रिक्त कास्की २ नं. क्षेत्रको उपनिर्वाचनमा कसलाई उठाउने भन्नेबारे पार्टी प्रस्ट हुन सकेको छैन। निर्वाचनको मिति आउँदो मंसिर २ गते तय भइसक्दा पनि रविन्द्रका उत्तराधिकारी खोज्न सकस परेको हो।
गजल सन्ध्या, पोखराको अध्यक्षमा मोहन भण्डारी निर्विरोध चयन भएका छन्। सन्ध्याको शनिबार सम्पन्न ११ औं अधिवेशनबाट उपाध्यक्षमा वसन्त विनोद, सचिवमा त्रुपक, कोषाध्यक्षमा महेश्वर बस्ताकोटी र सहसचिवमा बालिका अभिलाषी चयन भए।
नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ अन्तर्गत तेस्रो चरणको पहिलो अडिसन सकिएको छ। ब्ल्यु रे प्रोडक्सनको आयोजनामा भएको प्रतियोगिताको पहिलो र दोस्रो अडिसनबाट १५ जना छनोट भएका छन्।
संयुक्त परिवार र दम्पतीको आजीवन सम्बन्धलाई नेपाली समाजको सौन्दर्य मान्ने हो भने कास्कीमा त्यसलाई अस्वीकार गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ। यहाँ दिनमै सरदर ४ परिवार टुक्रिने गरेको छ। यसमध्ये पनि दम्पतीबीचको सम्बन्धविच्छेद डरलाग्दो छ। जिल्ला अदालतमा परेका पारिवारिक विखण्डनका मुद्दाको तथ्यांकले त्यस्तै देखाउँछ।
तीज आउन दुई महिनाअघिदेखि विभिन्न संघसंस्थाको नाममा होटल र पार्टी प्यालेसमा दर खाने र भेटघाट कार्यक्रम राख्ने चलन बसेको अहिले होइन। झन्डै एक दशकदेखि पोखरा, गण्डकी प्रदेश मात्रै होइन देशभर सहरीया महिलाले तीजलाई चमकदमक बनाउने चलन सुरु गरे।
पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘एक चिहान’ मञ्चन सुरु भएको छ। पोखरा थिएटरको आठौँ प्रस्तुतिमा मञ्चन सुरु भएको नाटक भदौ १४ गतेसम्म चल्नेछ। पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक शनिबार तीन सो मञ्चन भयो। नाटकमा युवा तथा विद्यार्थीको आकर्षण बढी देखिएको छ।
चिटिक्क घर, सुन्दर बगैंचा, व्यवस्थित ढलसँगै सफा र चौडा पक्की सडक पोखराको पहिचान र गौरव बन्यो। त्यस्ता घर बनाउने लाहुरे थिए। नगरको कुना–कुनामा पक्की सडक बन्यो। पोखरा घुम्नेहरू यसलाई युरोपका सहरसँग तुलना गर्छन्।
पोखरा क्षेत्रका लोकनृत्य विधामा क्रियाशील कलाकारहरुको बृहत् भेलाले लोकनृत्य कलाकार संघ तदर्थ समिति गठन गरेको छ। भेलाले केसबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो।
पर्यटकीय सहर पोखराको लेकसाइडमा कति समयसम्म खुला राख्ने विवाद स्थानीय प्रशासन र होटल तथा लाउन्स सञ्चालकबीच विवाद चल्दै त थियो, यो विवादमा अब होटल सञ्चालकहरु पनि प्रवेश गरेका छन्।
गण्डकी प्रदेशमा अघिल्लो वर्षजस्तै यसपटक साउने बाढी आएन। किसानलाई रोपाइँ गर्न चाहिने प्रशस्त पानी त पर्न नसकेको बेला बाढी आउने कुरै भएन। तर, गण्डकी प्रदेशमा तीजे गीतको भने साउने बाढी आएको छ। यस प्रदेशका कलाकारले एकपछि अर्को गर्दै धमाधम तीज गीत सार्वजनिक गरिरहेका छन्।