गएको साता रिलिज भएको ‘हजार जुनीसम्म’ फिल्मको सबैभन्दा सशक्त औजार भनेको अहिलेकी हिट नायिका स्वस्तिमा थिइन्। उनैको बलमा प्रचार प्रसार र फिल्म चल्ने आँकलन धेरैको थियो।
नेपाली कलाकारहरु म्युजिक भिडियो हुँदै फिल्म क्षेत्रमा प्रवेश गर्नेको लर्कै देखिन्छ। फिल्मका खलनायक त म्युजिक भिडियोमा देखिने चान्स निकै कम हुन्छ। कम्तीमा अहिलेसम्मको अनुभवमा त्यस्तै छ।
अहिलेकी चर्चामा रहेकी अभिनेत्री साम्राज्ञीको नयाँ फिल्म आउँदैछ। यो फिल्मको विशेषता के हो भने आफूलाई नेपाली टिपिकल युवतीको भूमिका गर्न मन पर्दैन भनेर हल्ला पिटाउने तर फेरि त्यस्तै भूमिकाका लागि मरिहत्ते गरेर फिल्म खेल्ने उनको नमूना फिल्म हो।
चर्चित पोर्न स्टार सन्नी लियोन बलिउडमा छिर्दा ठूलो हल्ला मच्चिएको थियो। अब यिनले बबालै मच्चालिन् भन्ने धेरैलाई लागेको थियो तर दुःखको कुरा उनको करियर माथि नउचालिँदै थचारिएको छ।
सिनेमा हलमा असफल ठानिएको फिल्म ‘कृ’ एक सातादेखि युट्युबमा मज्जैले चलिरहेको छ। ५५ लाखभन्दा पटकभन्दा बढी हेरिएको यो फिल्म गएको सोमबारसम्म एक नम्बर ट्रेन्डिङमा परेको थियो।
अघिल्लो वर्ष कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको लोकप्रिय रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ यस पटक भने हिमालय टेलिभिजनमा सरेको छ। दोस्रो सिजनमा दुई जना निर्णायकहरु परिवर्तन भएका छन्। अभया सुब्बा र सनुप पौडेलको ठाउँमा यस पटक आस्था राउत र राजु लामा पदस्थापित भएका छन्।
आँखाको चञ्चलताले अभिनय गर्ने क्षमता भएकी केकी अधिकारीको फिल्म ‘रातो गलबन्दी’ केही साताअघि रिलिज भयो तर त्यो फिल्म यसरी राडारबाट आउट भयो कि, कसैले पनि कहिले लाग्यो र उत्रियो भन्ने भेउसमेत पाउन सकेन।
अहिले कलाकार कुनै न कुनै तरिकाले भाइरल हुने तीव्र इच्छामा हुन्छन्। कोही विदेश गएको मौकामा बिकिनीमा तस्बिर खिचाएर भाइरल हुन्छन् त कोही ब्वाइफ्रेन्डसँग मस्ती गरिरहेको तस्बिर सार्वजनिक गरेर सामाजिक सञ्जालमा हिट हुने मनशाय राख्छन्।
पाटन दरबार संग्रहालयमा ‘डेब्यु २०१९’ नामक अन्तर्राष्ट्रिय फेसन सोमा सहभागी हुन विदेशी मोडलहरू नेपाल आइपुगेका छन्। नेपाली फेसन ब्रान्ड कासाले आगामी भदौ १३ मा पाटन दरबार संग्रहालयमा ‘डेब्यु २०१९’ फेसन सोको आयोजना गर्दैछ।
बलिउड अभिनेत्री आलिया भट्ट ‘पर्दा’ बोलको गीतका कारण विवादमा परेकी छिन्। पाकिस्तानी अभिनेत्री मेहविश हयातले पाकिस्तानी गीतको प्रतिलिपि बलिउडले चोरेको आरोप लगाएपछि अभिनेत्री भट्ट विवादमा तानिएकी हुन्।
अभिनेत्री बेनिशा हमाल बेला बखत चर्चामा आइरहन्छिन्। कहिले फिल्मको अभिनयले गर्दा त कहिले ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘उत्कृष्ट नायिका’को पुरस्कार जितेपछि उनको चर्चा चुलिएको थियो।
ज्योति मगर आफूलाई लाइन नमार्ने सबै केटालाई राखी बाँध्न चाहन्छिन् । हालै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखिन् ‘यति राम्री र कुमारी केटीलाई पनि लाइन नदिने केटालाई आज म राखी बाँध्न चाहन्छु, कोही छ ?
अभिनेत्री मिरुना मगरले ‘लालपुर्जा’बाट रजतपटमा डेब्यु गरिन्। डेब्यु फिल्मपछि पनि ‘लाहुरे’ र ‘रोज’मा चान्स पाएकी नै हुन्। तर फिल्म फ्लप भए। हालै उनी अभिनित फिल्म ‘साइनो’ प्रदर्शनमा आयो। तर फिल्मले बक्स अफिसमा राम्रो छाप छोडेन।
हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), लोकगायिका पूर्णकला बिसी, जय देवकोटा, लोकेन्द्र शाही, मोडल रिना थापामगरको टोली कार्यक्रम गर्न मलेसिया उड्यो। मलेसियामा रहेका नेपालीमाझ सांस्कृतिक कार्यक्रम गर्न टोली २०७३ को तिहारमा मलेसिया उडेको थियो। आयोजक मलेसियाको विमानस्थलबाहिर उनीहरुको पर्खाइमा थिए।
नायिका नम्रता श्रेष्ठले फिल्म नचल्नुमा निर्माण पक्षलाई दोष दिएकी छिन्। फिल्मको निर्माण नै फितलो भइदिँदा यस्तो समस्या आएको उनको दाबी छ। पछिल्लो समय एकपछि अर्को फिल्म फ्लप हुनुको कारण निर्माण पक्ष रहेको नम्रताले सुताइन्। ‘फिल्म निर्माण गर्ने युनिट बलियो भयो भने यस्तो समस्या आउँदैन।
सर्वोच्च अदालतले अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेसँगै मिडियामा शिल्पा र निर्माता छविराज ओझाको बिहेका तस्बिर भाइरल हुन थालेको छ। २०७३ असार २९ गते लुकीछुपी बिहे गरे पनि उनीहरुको बिहेका तस्बिर सार्वजनिक भएको थिएन।