फिल्म ‘दासढुङ्गा २’को निर्माण अनुमति दिन विकास बोर्ड अझै आनाकानी गरिरहेको छ। यही आनाकानीका कारण फिल्म निर्माण रोकिएको झण्डै तीन महिना भइसक्यो। भदौमा छायाँकनमा जाने भनिएको फिल्मको अहिलेसम्म झुलिरहेको छ। चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले टक्टकिँदै ‘मबाट हुँदै हुँदैन’ भन्ने जवाफ दिएर निर्माण पक्षलाई चकित पारिदिएका छन्।
पुर्वयुवराज पारस शाहलाई मोडल सोनिका रोकाया ‘बाघ’ सम्बोधन गर्छिन्। सोमबार त्रिभुवन विमान स्थलमा प्रहरीलाई चेकजाँचका क्रममा हातपात गरेपछि पारस विवादमा तानिए। प्रहरीले उनका छोरा र भान्जालाई चेकजाँच गर्न खोज्दा उनले प्रहरीमाथि हातपात गरेका हुन्।
‘ऐश्वर्य’ फिल्मबाट रजतपटमा डेब्यु गरेकी अभिनेत्री दीपिका प्रसाईंको हातमा अहिले फिल्महरु छैन। ‘ऐश्वर्य’कै निर्देशक दिवाकर भट्टराईसँग बिहे गरेपछि उनी अभिनयबाट टाढा भइन्।
अभिनेत्री आलिया भट्टले जनावरको संरक्षणका लागि जनचेतना फैलाउने अभियान अन्तर्गत अभिनेता अर्जुन कपुरकी बहिनी अंशुला कपुरको ‘फ्यानकाइन्ड’ नामक अनलाइन फन्ड राइजिङ प्ल्याटफर्ममार्फत रकम जुटाउने भएकी छिन्। अभियान अन्तर्गत फ्यानहरूले अभिनेत्री भट्टसँग केक बनाउने अवसर पाउनेछन्।
अभिनेता श्रीकृष्ण श्रेष्ठले संसार छोडेको गत साउन २५ गते ५ वर्ष भयो। त्यस दिन श्रीकृष्णका फ्यानहरुले उनलाई सम्झिए। कति फ्यानले सामाजिक सञ्जालमा उनीसँग खिचाएका तस्बिर सार्वजनिकसमेत गरे तर उनकी पत्नी श्वेता खड्काको फेसबुकमा त्यो दिन खासै केही पोस्ट आएन।
अभिनेत्री रेखा थापाले आफ्नै निर्देशनमा ‘हिम्मतवाली’, ‘राम पियारी’, ‘रुद्रप्रिया’ र ‘मालिका’ निर्देशन गरिन्। आफैँ फिल्म निर्देशनमा तम्सिने थापालाई यो पालि के भयो कुन्नि अर्कैलाई फिल्म निर्देशनको जिम्मा दिइन्।
गायक निर्मल दाहालको पहिलो गीत ‘जब घाम ढल्छ’ सार्वजनिक भएको छ। पूर्व सञ्चारकर्मी दाहालको पहिलो गीतमा चर्चित गायक नबिन के भट्टराईको कम्पोजिसन छ। गीतमा भट्टराईको फ्लेवरको प्रभाव देखिन्छ।
सरकार चलचित्रसम्बन्धी विधेयकको तयारीमा रहँदै फिल्म निर्माणको इजाजतमा कडाइ सुरु भइसक्यो। पञ्चायतकालीन धङधङीमा बसेर बनाएको विधेयकको ड्राफ्टको आलोचना भइरहेको छ। यही विषयमा १० वर्षअघि बनेको फिल्म ‘दासढुङ्गा’को सिक्वेल ‘दासढुङ्गा २’ को टिमले फिल्म निर्माण अनुमति पाउन सकेन।
नेपाली फिल्म निर्माणको बजेट बढीमा ५० लाख वरिपरि हो भन्ने कुरा जति झुक्याए पनि नझुक्किने पाटो हो। तापनि ५० लाख त पारिश्रमिककै अफर आयो भन्ने हल्ला चलिरहन्छ नेपाली फिल्म बजारमा। पहिला अनमोल केसीले यो हल्ला चलाए, सेलायो। पछि प्रदीप खड्काले ५० लाखको हल्ला चलाउने प्रयास गरे तर असफल भयो।
अभिनेत्री रेखा थापा पर्दामा नदेखिएको पनि लामो समय भयो। पछिल्लो समय रेखाले नै निर्देशन गरेको ‘मालिका’मा उनी देखिएकी थिइन्। त्यसपछि रेखा फिल्महरुमा खासै देखिएकी छैनन्। उनले फिल्म पाउन छोडेकी छन्।
अभिभावकको जिन छोराछोरीलाई सर्ने गर्छ रे ! एक्सन अभिनेता निखिल उप्रेतीको हकमा पनि यस्तै भयो। उनका छोराछोरीमा पनि उनको जिन सरेको देखिन्छ। निखलका छोरा अथर्व अनि छोरी सान्वी बुबाले जस्तै एक्सन गरेको दृश्य सञ्चिता लुइँटेलले सार्वजनिक गरेको तस्बिरहरुमा देख्न सकिन्छ।
केही समयअघि एक अन्तरर्वार्तामा एक अभिनेत्रीले आर्यन सिग्देललाई प्ले ब्वाई भनिदिइन्। आर्यनलाई यसको रत्तिभर चिन्ता छैन। बरु उनको चिन्ता त लामो समयपछि आएको फिल्म ‘हजार जुनीसम्म’बाट आफ्नो क्रेज फर्काउला कि नाइँ भन्नेमा छ।
पाकिस्तानी अभिनेत्री मेहविश हयातले हलिउड र बलिउडका फिल्महरूले पाकिस्तानको बदनाम गरेको आरोप लगाएकी छिन्। नर्वेको राजधानी ओस्लामा ‘प्राइड अफ पर्फमेन्स’ अवार्ड लिँदै उनले हलिउड र बलिउडका फिल्महरूले पाकिस्तानको बदनाम गरेको अभिव्यक्ति दिएकी थिइन्।
खोकाइको स्तर हेर्ने हो भने प्रदीप खड्का नेपालमा वन एन्ड वन्ली स्टार हुन्। उनी १० हुन् भने बाँकी २/४ तर गफमा मात्रै। काम हेर्ने हो भने विचरा खै के भनिरहनु हो ? प्रदीपको अभिनय रहेको ‘लिलिबिली’, ‘रोज’ र ‘लभ स्टेसन’कै हालत हेरौँ न, फ्लप, फ्लप अनि फेरि फ्लप।