‘हामीजस्ता अभिनेता’ भन्दै पल शाह कहिलेकाहीँ आफूलाई अभिनयमा राम्रो दख्खल भएको अभिनेताको सूचीमा राख्ने प्रयास गर्छन्। तर प्रायः फिल्ममा उनको अभिनय गाईजात्रे पाराको हुन्छ। अभिनय क्षमतामा त उनी सिकारु नै देखिन्छन्।
कहिले हाई हाई, कहिले नाई। जीवनचक्र यस्तै त हो। हिजो श्रीमान् निर्देशक छ, उसैको भरमा त फिल्ममा टिकेको हो भन्नसमेत बाँकी राखेनन् उनलाई। प्रायः सोलो फिल्म पनि थिएनन्।
अब अर्काको शरीरको के कुरा गरेको भन्ने होलान् तर के गर्नु त हो? सेलिब्रिटीको बान्कीको हल्का चर्चा गर्नु नै प-यो। अझ जसले चर्चाका लागि अभिनयमा भन्दा देह दर्शनलाई नै बढी उपयोग गर्छन्, अब उनीहरुको अभिनयको मात्र चर्चा कसरी होस् ? नपत्याए साम्राज्ञी राज्य लक्ष्मी शाहलाई नै हेरौँ न।
तीन पटककी राष्ट्रिय अवार्ड विजेता बलिउड अभिनेत्री कंगना रनौटले यस क्षेत्रमा प्रतिभाको कुनै कदर नहुने बताएकी छिन्। भारतीय संचार माध्यमसँग कुराकानी गर्दै उनले बलिउडमा प्रतिभाको कुनै महत्व नभएको प्रतिक्रिया दिएकी हुन्।
अभिनेत्री दिया मास्के क्याजुअल र ट्रेन्डी ड्रेसअपमा देखिन मनपराउँछिन्। प्रायः जिन्स पेन्ट र टप्समा देखिन मनपराउँने उनी पारिवारिक जमघटमा भने साडीलाई प्राथमिकतामा राख्दछिन्।
हल्लाखल्ला हेर्दा त अनमोल भुवन केसीका लागि मात्रै नेपाली फिल्म क्षेत्रकै लागि अनमोल हुन् झैँ थियो। जे गरे पनि वाहवाही ! फिल्मका निर्माता पुर्पुरोमा हात लगाएर बसे पनि उनलाई जबर्जस्त अनमोल प्रमाणित गर्ने ठेक्का लिएकाहरुले ब्याक टु ब्याक हिट बनाइदिए, उनका फ्ल्प फिल्मलाई।
म सानो हुँदा गाईजात्रामा मानिसहरु गाईको सिंह लगाएर हिँड्थे। हाँसो उठाउने अनौठा लुगा लगाएर हिँड्ने गर्थे। अब त्यही कुरालाई संस्थागत रुपले पर्वको रुपमा मनाउनु प-यो भनेर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०३३ सालमा गाईजात्रा महोत्सव भनेर पब्लिक सो ग-यो।
लक सधैँ कहाँ लाग्छ र ? हेर्नुस् त हाम्री हिरोइन आँचल शर्मालाई ! कुनै समय क्या प्याक थियो उनको सेड्युल ! म्युजिक भिडियोमा उनकै डिमान्ड ! फिल्ममा उनी नै हिट ! बजारमा उनकै तानातान। तर अहिले भने लुँडो खेलेर बस्नुप-या छ। म्युजिक भिडियोमा अरुकै कब्जा !
बलिउड अभिनेत्री दीपिका पादुकोणले यौन दुव्र्यवहारको आरोपितसँग काम नगर्ने भएकी छिन्। भारतीय सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले यौन दुव्र्यवहारको आरोपितसँग काम नगर्ने बताएकी हुन्। हालै भोग इन्डिया नामक म्यागेजिनले सोधेको प्रश्न, ‘यौन दुव्र्यवहारको आरोप लागेकासँग काम गर्दै हुनुहुन्छ ?’, को जवाफ दिँदै उनले भनिन्,‘ होइन्। म गर्दिन्।’ उनको यो जवाफले फ्यानहरू खुसी भएका छन्।
बलिउड अभिनेत्री श्रद्धा कपुर र प्रभासको ‘साहो’ र निर्देशक नितेश तिवारीको नयाँ फिल्म ‘छिछोरे’ आगामी अगस्ट ३० मा रिलिज हुने भएको छ। दुई फिल्मको मुख्य अभिनेत्री भने श्रद्धा कपुरलाई यत्तिखेर तनाव सुरू भएको छ।
नेपाली चलचित्र नगरीका महानायक राजेश हमाल ट्रोलमा पनि महानायक समानै छन्। उनका बारे इन्टरनेटको भण्डारमा जोक र ट्रोलको खानी नै भेटिन्छ। प्रारम्भमा आफ्ना बारेका जोक र ट्रोल देखेर उनी रिसाउँथे रे ! अहिले भने उनी रमाउन थालेका छन्।
कसै कसैको त भाग्य नै गजब। डोको दुध दुहुँदा पनि अडिने खालको क्या ! प्रियंका कार्कीलाई हेरौँ न। उनका फिल्म ब्याक टु ब्याक फ्लप। प्रारम्भमा ‘थ्री लभर्स’ होस् या ‘कलिउड’, ‘मिसन पैसा’ या ‘माला’ अथवा ‘सुन्तली’। दुई दर्जन बढी फिल्ममा अभिनय गरिसके पनि हिटको खातै खुलेको छैन।
केही दिनअघि अभिनेत्री पूजा शर्माले फिल्म ‘पोइ प-यो काले’मा २० लाख पारिश्रमिक लिएको खबर बाहिरियो। फिल्म ‘हजार जुनीसम्म’सम्मको कार्यक्रममा अर्की नायिका स्वस्तिमा खड्काले महँगो पारिश्रमिक लिनेले दर्शकलाई हलसम्म ल्याउन पनि सक्नुपर्ने विचार पोखिन्।
गायिका ज्योति मगरलाई तीज लागिसक्यो। त्यसैले त हिजोआज रातै साडीका तस्बिरले उनको सामाजिक सञ्जाल भरिन थालेको छ। तर, यसपालिको तीजमा ज्योति केही फरक देखिएकी छन्।