सन्नीको भिडियो क्याप्चर गर्न विमानस्थल पुगेका युट्युबरको भिड थामी नसक्नु थियो। ठेलमठेलका बीच आयोजकले दिल खोलेर स्वागतसमेत गर्न सकेनन्। उनलाई युट्युबरको चपेटाबाट जोगाउन उनको सुरक्षामा खटिएका निजी बडिगार्डलाई समेत हम्मे परेको थियो।
संसारका विभिन्न देशमा पुगोजना हुने ‘इन्टरनेसनल इन्डियन फिल्म अवार्ड ९आइफा० – २०१९’, यसपटक भारतमा सम्पन्न भएको छ। गत असारमा प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा ‘आइफा अवार्ड’ नगर्न नेपाल सरकारलाई निर्देशन दिएपछि पहिलो पटक भारतमा सो अवार्ड आयोजना गरिएको थियो।
झापातिरबाट कोही आयो कि कोच प्रमोदको पारा नै बेग्लै हुन्छ । एक त प्रतियोगी फकाउनै माहिर छन् उनी । झापाको परेपछि त ‘ए हाम्रै झापाको पो ?’ भनेर लटपट पारेर प्रतियोगीलाई आफ्नो टिममा ल्याइहाल्छन् उनले ।
तर नवौं एपिसोडमा भने उनको जादु चलेन । कोच दीप नै हावी भए उनीमाथि । झापाबाट आएका प्रतियोगी उनीतिर हैन कोच दीपतिर लागिदिए ।
निर्देशक अनुराग कश्यपको फिल्म ‘ग्याङ अफ वासेपुर’ संसारका उत्कृष्ट सय फिल्मको सूचीमा परेको छ। ‘ग्याङ अफ वासेपुर’ बेलायती पत्रिका द गार्जियनले निकालेको २१ औं शताब्दीको उत्कृष्ट फिल्मको सूचीको ५९ औं स्थानमा परेको थियो।
‘चीनमा विभिन्न प्रकृतिका फिल्महरू बनेका छन्। चिनियाँ फिल्मको कथावस्तुका कारण संसारभर यसले चर्चा बटुल्दै गएको छ,’ पेकिङ विश्वविद्यालयअन्तर्गतको आर्ट इन्स्टिट्युसनका प्राध्यापक चेन स्वाङ भन्दै थिए, ‘सन् २०१८ सम्म चीनमा ६० हजारभन्दा बढी फिल्म हल सञ्चालन भइरहेका छन्।’
अभिनेत्री मरिष्का पोखरेललाई दर्शकले बिर्सेलान् भन्ने पीर ! उनका ‘लम्फु’ र ‘पण्डित बाजेको लौरी’पछि पर्दामा नदेखिएको धेरै भयो। त्यसो त ती दुवै फिल्मले पानी पनि भन्न पाएनन्।
आफ्ना सन्तानलाई फिल्म क्षेत्रमा भित्र्याउने अभिनता–अभिनेत्रीको लहर चलेका बेला अभिनेता दिलिप रायमाझीले पनि छोरी दिव्यालाई हिरोइन बनाउने कुराले बजार गर्मायो।
‘ऐश्वर्य’ फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी दीपिका प्रसाईंले बिहेपछि लामै समय विश्राम लिइन्। उनले पढाइको शिलशिलामा फिल्ममा नआएको बताइन्। तर पढाई भन्दा अफरै कारण थियो उनी फुर्सदमा हुनु।
फिल्म भन्दा म्युजिक भिडियोमा चलेका अभिनेता पल शाहलाई रिलिज भएको पछिलो फिल्म ‘वीर विक्रम २’ नराम्ररी पछार्यो, फ्लप फिल्मको हिरोको ट्याग नै लाग्यो। तै पनि उनको डिमान्डमा कमी आएको छैन।
फुर्सदमा के गर्ने ? वर्षा सिवाकोटीलाई सोध्नुस् न !
‘वीर विक्रम २’ फिल्म फ्लप हुन्छ, दोष अरुलाई जाँदैन। वर्षालाई हेप्नुको पनि सीमा हुन्छ नि ! फ्लपको दोष उनैलाई थोपर्नेहरु केही देखिए ! कारण पनि, अनलक्की रे !
लोकप्रिय हास्य कलाकार पाँडे उमेरले ३३ वर्षका भए। तर उनले निभाउने क्यारेक्टर ७० आसपासको छ। भद्रगोलमार्फत दर्शकमाझ चिनिएका उनको वास्तविक पहिचान पाँडे पनि हैन, अर्जुन घिमिरे हो। तर उनलाई अर्जुन भनेर कमैले चिन्छन्।
‘भद्रगोल’को पाँडेले उनको वास्तविक परिचय नै खाइदियो।
पुर्व मिस नेपाल सृष्टी श्रेष्ठलाई हालै एक कार्यक्रममा सोधियो। पोइ, चाहीँ कस्तो चाहिन्छ। उनको छेउमै उनकी प्रेमी एवं अभिनेता सौगात मल्ल उभिएका थिए। उनले प्रश्नको जवाफ दर्शक दिर्घा्तिर हेर्दै जवाफ दिइन् ‘मन राम्रो हुनुपर्योभ। रङ्गले खासै फरक पार्दैन। त्यसपछि छेउमै उभिएको सौगात मख्ख भए।
ठूलो पर्दाको ‘एक नम्बरको पाखे’ रहँदाका बेला नाङ्गो तस्बिर खिचाए भनेर ठूलो हल्ला भएको थियो। त्यो कति विवादित बन्न पुग्यो भने हमालले उनका डाई हार्ड फ्यानलाई स्पष्टीकरण दिनु परेको थियो। उनले भनेका थिए, ‘शरीरमा गाँठो परेकाले उपचारका लागि नाङ्गो तस्बिर खिचेँ।’
‘नेपाली दर्शक राम्रो र सस्तो नेपाली फिल्म हेर्न चाहन्छन्। छक्का पञ्जाले कमेडी फिल्म नेपाली दर्शकले मनपराउँछन् भन्ने मान्यतालाई स्थापित गर्न सफल भयो,’ अभिनेता दीपकराज गिरी भन्दै थिए। राजधानीको प्रज्ञा प्रतिष्ठानमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय चलचित्र सम्मेलनअन्तर्गत ‘नेपाली चलचित्रमा विविधताको खोजी’ नामक छलफलमा सहभागी उनले नेपाली फिल्ममेकरले स्क्रिप्ट र अनुसन्धानमा ध्यान दिने नगरेको स्वीकारे।
राजधानीमा आगामी भदौ ३१ देखि असोज २ सम्म ‘चिनियाँ चलचित्र महोत्सव’ हुने भएको छ। बुधबार प्रेस विज्ञप्तिमार्फत राजधानीमा आयोजना हुने महोत्सवमा ६ वटा चिनियाँ फिल्महरू प्रदर्शन गरिने जानकारी गराइयो।