चुनाव नजिक छ। सीतापुर गाउँमा एकाबिहानै गाउँका दलित नेता विशुको शव भेटिन्छ। शवछेउ विशुको परिवार शोकमग्न छ। विशुका साथी विनोद छेउमै आँशु पुछ्दै उभिएका छन्। यसपछि शुरु हुन्छ प्रहरी र पत्रकारको प्रवेश।
‘भ्वाइस अफ नेपाल’ को ब्लाइन्ड अडिसनमा कोचहरुबीच राम्रा प्रतियोगीलाई आफ्नो समूहमा ल्याउन अनेक जुक्ति रच्ने क्रम जारी छ। १२ एपिसोड चल्ने ब्लाइन्ड अडिसनबाट ६२ प्रतियोगी ब्याटल राउन्डमा पुग्नेछन्। गत शनिबारसम्म ८ एपिसोड प्रशारण भइसकेको छ।
मेक्सिकन–अमेरिकी एक्ट्रेस सलमा हायक ५३ वर्षको भइन्। कसैले अनुमान गरेको हैन है उनको उमेर। उनी आफैंले खुलासा गरेकी हुन्, ‘म ५३ वर्षकी भएँ’ भनेर। तर उनको सुन्दरता हेर्दा भने हो र ? भन्न करै लाग्छ। ५३ मा पनि उनले आफ्नो बडीको फिटनेस तलमाथि हुन दिएकी छैनन्।
बलिउड एक्ट्रेस जरिन खानले हालै इन्स्टाग्राममा एउटा तस्बिर सार्वजनिक गरेलगत्तै ट्रोलको शिकार बनिन्। पेटमा के भयो ? पेट हेरेर त उल्टी आउला जस्तो भयो भन्ने प्रतिक्रियाहरु आए। जब जरिनले यस्तो प्रतिक्रियाको उत्तर दिइन्, ट्रोलरहरुको मुख बन्द भयो।
भारतीय टेलिसिरियल क्विन टीना दत्ता आफ्नो लुक्सको एक्सपेरिमेन्ट गर्न खुब रुचाउँछिन्। कहिले वाहवाही पाउँछिन् भने कहिले गाली खान्छिन्। हालै उनले स्विमिङ पुल नजिकै एउटा एक्सपेरिमेन्ट गरिन्। सेक्सी पोज सहितको फोटो खिचाएर उनले त्यो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिन्।
लामो समयदेखि फिल्म क्षेत्रबाट टाढै रहेका सुशील क्षेत्र यो वर्ष दुई फिल्म लिएर आउँदैछन्। ‘लभ डायरिज’ र ‘बादशाह जुट’ नामक दुवै फिल्ममा उनी नयाँ अवतारमा देखिएका छन्।
आफ्नो फिल्म प्रदर्शनमा आएपछि चलेका अभिनेतासँग अभिनय गर्न हिरोइनहरु मरिहत्ते गर्छन्। एकपछि अर्को हिरोसँग अभिनय गर्न उनीहरुको तछाँड मछाँड नै हुन्छ। तर सारा श्रीपालीको भने एकपछि अर्को नयाँ नयाँ अभिनेतासँग अभिनय गर्न थालेकी छन्।
अभिनेत्री प्रियंका कार्कीलाई विदेश यात्रामा कुनै न कुनै लफडा आइलागिहाल्छ। अमेरिकामा नै बसेको बेला पनि एक अन्तर्वार्तामा पहिलो पटक युएसए आएको भनेपछि हाँसोको पात्र बनेकी थिइन्। विदेश यात्राकै कुरा गर्दा कान्स यात्रा पनि कम आलोचित बन्न पुगेन।
अभिनेत्री आँचल शर्माले आफ्नो प्रेमी हालै मिडियामा सार्वजनिक गरिन्। आँचलको प्रेमीसँगको तस्बिर सार्वजनिक हुनेबित्तिकै पर्दामा अक्सर उनका प्रेमी बन्दै आएका अभिनेता पल शाहलाई पीर परेछ किनभने यसअघि दर्शकले पल र आँचललाई नै वास्तविक प्रेमजोडीका रुपमा चिन्ने गर्थे।
नयाँ मान्छे नआई नवीनता आउँदैन। धेरै जस्तो समय हामी अलमलमा पर्छौं। त्यो अलमल आफ्नो विवेकलाई प्रचुर मात्रामा प्रयोग गर्न नसकेका कारण भएको हो। सिनेमाको लागि स्क्रिप्ट लेख्दा सर्वाधिक विवेकलाई प्रयोग गर्नुपर्छ। लेखक विवेकविहीन हुन सक्दैन।
फिल्मको स्क्रिप्ट लेखिरहेका र लेख्न चाहनेहरुका लागि आयोजना गरिएको स्क्रिप्ट लेखन कार्यशालामा आएका बलिउडका चर्चित स्क्रिप्ट राइटर रविन भट्टले कार्यशालाको पहिलो कक्षामै सोधे, ‘यहाँ बलिउडको फिल्म कपी नगरी नेपाली कथाको फिल्म लेख्ने निर्देशक को हुनुहुन्छ ?’
प्रतियोगि फकाउने मामिलामा जज प्रमोद खरेल सबैभन्दा अगाडि नै छन् । पाँचौं एपिसोडसम्म आइपुग्दा राजु लामाको समूहमा पनि राम्रा प्रतियोगिहरु थपिए । अर्का प्रतियोगी दीप श्रेष्ठको समूहमा पनि राम्रा प्रतियोगि आइरहेका छन् । कोच आस्था राउतको बच्चापारा पाँचौ एपिसोड आइपुग्दा पनि सुधारिएको देखिएन । आफ्नै गीत गाउने प्रतियोगिले समेत उनलाई रोजेनन् ।
गायक जस्टिन बिबरले सानो उमेरमा पाएको स्टारडमका कारण गलत निर्णयहरू गर्दा संसारभर घृणाको पात्र हुनुपरेको अवस्थाबारे इन्स्टाग्राममा भावनात्मक पोस्ट राखेका छन्।
हांस्यव्यंग्य गाईजात्राको विशेष कार्यक्रम राजधानीमा आयोजना हुने भएको छ। आज शुक्रबार राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा ‘प्रदेश प्रदेशमा गाईजात्रा’ नामक कार्यक्रम हुँदैछ।
शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘साहो’ले आक्रामक कारोबारलाई निरन्तरता दिएको छ। हिन्दी भर्जनमा शुक्रबार २४.४० करोड कमाएको फिल्मले शनिबार २५.२० करोडको कमाई गरेको छ। तीन दिनमा ७० करोडको आँकडा पार गर्ने फिल्म विश्लेषक तरुण आदर्शले जनाएका छन्। उनका अनुसार दुइ दिनको कमाई करिब ५० करोड पुगेको छ।