यस वर्षको स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियलले सुपरकपको उपाधि पाएको हो। रियलले ११ औँ पटक स्पेनिस सुपर कपको उपाधि उचालेको हो।
कहिलेकाहीँ खेलाडी आफ्नै कारणले मात्र कार्बाहीमा पर्दैनन्। आफ्ना समर्थकहरुले नचाहिँदो व्यवहार गरे त्यसको दण्ड पनि खेलाडीले नै पाउँछन्। यस्तै भयो लाजियोलाई यो पटक।
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली चारदिने टेष्टको विपक्षमा उभिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टेष्ट क्रिकेटलाई चार दिनमा घटाउने तयारीमा छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्रका खेलाडी मैदानमै कुटाकुटमा उत्रिए। दशरथ रंगशालामा सोमबार भएको खेल २–२ मा टुंगिनै लाग्दा दुवै टिमका खेलाडी बल छाडेर एक अर्कालाई मुक्कामुक्की गर्न उत्रिए।
सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबल जगतमा चर्चामा रहेका पाँच फुटबलरले संन्यास लिए। सन् २०१९ मा आर्जेन रोबेन, जावी हर्नान्डेज, रोबिन भान पार्सी, प्याट्रिस इभ्रा र पिटर चेकले संन्यास लिए।
उत्तर प्रदेशका यशस्वी जैसवालको क्रिकेट यात्रा बढो संघर्षपूर्ण छ। उनी कुनै समय पानीपुरी बेच्थे। अहिले उनी आइपिएल २०२० को सिजनका लागि राजस्थान रोयल्सले २ करोड४० लाख भारतीय रुपैंयामा अनुबन्ध भएका छन्।
भारतीय सुरपस्टार सलमान खानभन्दा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली धनी देखिए। कोहलीले कमाइमा भारतका चर्चित क्रिकेटरहरूलाई त पछि पारे नै बलिउड स्टारहरुलाई समेत जितेका छन्।
इंग्ल्यान्डका क्रिकेटर बेन स्टोक्सले बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ दि ईयर अवार्ड पाएका छन्। विश्वभरमा खेलकुद समर्थकहरुको भोटको आधारमा उनले सो अवार्ड पाएका हुन्।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका खेलाडीहरुसँग खुसी साट्न र सरप्राइज प्याकेज घोषणा गर्न प्रधानमन्त्री कार्यालय बालुवाटारमा सबैलाई जम्मा पारियो।
दक्षिण एसियाली खेलकुद प्रतियोगिताको १३ औं संस्करण नेपालका लागि निकै उपलब्धिमूलक भयो। ५० स्वर्णको लक्ष्य लिएको थियो नेपालले यो प्रतियोगितामा। अधिकतम ३१ स्वर्ण जितेको नेपालका लागि यो लक्ष्य भारी नै देखिन्थ्यो।
मुख्य स्ट्राइकर विमल घर्तीमगर र मिड फिल्डर अञ्जन विष्ट अनि डिफेन्डर दिनेश राजवंशी बिनाको नेपाली फुटबल टिमले दक्षिण एसियाली खेलकुद (साग) को आफ्नो उपाधि जोगाउलान् त ?