श्रीलंकाका चर्चित फास्ट बलर लासिथ मालिंगाले आफ्नो क्रिकेट करियरमा दोस्रोपटक चार बलमा लगातार ४ विकेट लिएर दुर्लभ प्रदर्शन गरेका छन्। गत शुक्रबार न्युजिल्यान्डविरुद्ध टी–२० सिरिजको तेस्रो खेलका मालिंगाले टी–२० क्रिकेटकै दुर्लभ प्रदर्शन गरेका हुन्।
युएस ओपन टेनिसको अन्तिम १६ का लागि भएको खेल सकिनेबित्तिकै खेलाडी र दर्शक भावविह्वल भए । प्रतिस्पर्धी थिए, डिफेन्डिङ च्याम्पियन जापानी खेलाडी नाओमी ओसाका र भर्खरै टेनिसको यात्रा शुरु गरेकी अमेरिकी खेलाडी १५ वर्षीय कोको गौफ ।
लिभरपुलका डच स्टार भर्जिल भान डायक ‘युइएफए प्लेयर अफ दी इयर’ घोषित भएका छन् । युरोपियन फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको समूहचरण सार्वजनिक समारोहमा युइएफएले नेदरल्यान्ड्सका रक्षक डायकलाई युइएफए प्लेयर अफ द इयरको उपाधि प्रदान गरेको हो ।
सेरेना विलियम्सले युएस ओपनमा मंगलबार सयौं जितको सफलता निकाल्दा क्वार्टरफाइनलमा आफ्ना प्रतिद्वन्द्वीलाई ४४ मिनेटमा स्तब्ध बन्न बाध्य बनाएकी छन्। कीर्तिमानी २४ ग्रान्ड स्लामको रेकर्ड बराबरी गर्ने लक्ष्यमा रहेकी अमेरिकी स्टार सेरेनाले क्वार्टरफाइनलमा चीनकी वाङ कियाङलाई सहजै पराजित गरेकी हुन्।
कतार विश्वकप २०२२ को लोगो तथा प्रतियोगिताको मिति सार्वजनिक भएको छ। विश्व फुटबलको महाकुम्भ २०२२ मा पहिलो पटक जाडो याममा हुँदै छ। प्रतियोगिता २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ। प्रतियोगिता आउन १ हजार ७३ दिन बाँकी रहँदा फिफाले प्रतियोगिताको आधिकारिक लोगो सार्वजनिक गरेको हो।
स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति बार्सिलोना र रियल बेटिसविरुद्धको खेलमा रमाइलो दृश्य देखियो। दर्शकलाई रमाइलो माहोल बनाएका थिए बार्सिलोनाका कप्तान लियोनल मेस्सीका छोरा माटियो मेस्सी।
इलाभेन एरोज क्लब सुनसरीले चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। साविक विजेता रेडस्टार फुटबल क्लब झापालाई टाइबे्रकरमा ४–२ गोलले पराजित गर्दै सुनसरीले उपाधि जितेको हो।
राष्ट्रिय फुटबल टिमको कप्तान विराज महर्जन मलेसिया जाने टिमको छनोटमा नपरेपछि सुजल श्रेष्ठ नयाँ कप्तान चयन भए। उप कप्तान किरण चेम्जोङसमेत टिमबाहिर परेपछि मलेसियन लिग च्याम्पियन क्लब जोहार डारुल टाजिमसँग खेल्ने टोलीको नेतृत्वका लागि सुजल छानिए।
प्रमाण नपुगेको भन्दै बलात्कारको आरोप खारेज भएसँगै ब्राजिलका फुटबलर नेइमारले ठूलो राहत पाए। पेरिस सेन्ट जर्मेन (पिएसजी) मा फरवार्डका रुपमा रहेका उनीमाथि बलात्कारको आरोप लागेको थियो।
इङ्ल्यान्डको राष्ट्रिय टोलीका सेन्टर ब्याक ह्यारी माग्विरेलाई इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आठ करोड पाउन्डमा किनेको छ। अब ह्यारी ६ वर्षसम्म म्यानचेस्टर युनाइटेडका लागि खेल्ने छन्।
पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगितामा निरासाजनक प्रदर्शन भए पनि व्यक्तिगत सफलतामा भने नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले उत्साहजनक सफलता पाए।
इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड लिजेन्ड प्याट्रिक इभ्राले फुटबलबाट संन्यास घोषणा गरेका छन्। फ्रान्सका ३८ वर्षे डिफेन्डर इभ्राले २० वर्षे फुटबल करियरबाट संन्यास घोषणा गरेका हुन्।
श्रीलंकाका स्टार बलर लासिथ मालिंगाले अस्ट्रेलियाको पर्मनेन्ट रेसिडेन्ट (पिआर) का लागि दिएको निवेदन अस्ट्रेलियन सरकारले स्विकार गरेको छ। उनले पिआरका लागि निवेदन दिएका थिए। तर संन्यास लिइसकेका छैनन्।
इङ्ग्ल्यान्डले कप उचालेलगत्तै क्रिकेट विश्वकप सकियो। तर फाइनलमा भएको निर्णयका कारण अम्पाएर र बराबरी भएको अवस्थामा बाउन्ड्रीको संख्याको आधारमा विजेता घोषणा गर्ने नियमको आलोचना भइरह्यो।