नायिका हेलेन फ्ल्यानगनको डेनिम मिनी ड्रेससहित सेलिब्रिटी हेयर ड्रेसर जे हालसँग कुरा गर्दै गरेको तस्बिर सार्वजनिक भयो। घुँडा मुनिसम्मको हाई बुटमा रहेकी नायिकालाई डेनमको मिनी ड्रेस निकै सुहाएको थियो। तर ड्रेसलाई उनका स्तनको भार थेग्न भने हम्मे परेको थियो। त्यसैले उनका स्तनका कर्भका अधिकांश भाग सहजै देखिए।
बलिउड एक्टर मिलिन्द सोमन प्रेमको मामलामा निकै उदार छन्। नेकेड मोडलिङ गरेर चर्चामा आएका उनले हालै विवाह गरे प्रख्यात मोडल अंकिता कँवरसँग। रोचक के छ भने मोडल अंकिता मिलिन्दभन्दा २६ वर्ष कान्छी छिन्। तर उमेरले उनीहरुको प्रेमलाई विवाहसम्म पुग्न रोक्न सकेन।
भिन्न भिन्न भावभङ्गीमाका तस्बिर सार्वजनिक गरेर आफ्ना फ्यानलाई हायल कायल गर्न माहिर गायिका रिहानाले हालै एनिमल प्रिन्टेन्ड लेगिज् र ब्रा लगाएका तस्बिर सार्वजनिक गरिन्।
टेलिभिजनको पर्दामा आतंकित पार्ने इतिहासलाई हँस्यौलीका रुपमा प्रस्तुत गर्ने ‘हरिबल हिस्ट्रीज’का कलाकार ग्रेग जेनरले सन्तान प्राप्ति गरेको खबरले निकै ठूलो महत्व पाएको छ।
टोवी टिभी शृंखलाकी अभिनेत्री जिम्मा कोलिन पछिल्लो समय बिरामी पर्दा निकै खुसी देखिइन्। अत्यधिक मोटी अभिनेत्रीको उपमा पाएकी जिम्मा पछिल्लो हप्ता नराम्रोसँग बिरामी परेकी थिइन्।
कसैकसैले मेरा ब्वाईफ्रेन्ड यति जना छन् भनेर धेरै संख्या देखाउनु र त्यसमा गर्व गर्नु आफैँमा अनौठो कुरा हो तर त्योभन्दा अनौठो देखिइन्, अभिनेत्री जेनेली इभान्स।
विछोडको पीडा सबैभन्दा ठूलो पीडा हो भन्ने कुरा चर्चित गायिका माइली साइरसलाई यतिबेलो थाहा हुँँदैछ। त्यसैले त केही समयअघि ब्रेकअप भएका पति लियाम हेम्सवर्थको यादमा उनले गतिलै ट्याटु खोपाएकी छन्।
किएरा आडवानी दक्षिण भारतमा राम्रै नाम कमाएकी अभिनेत्री हुन् तर उत्तर भारत अर्थात् बलिउडमा भने उनले नाम कमाउन भने सकेकी छैनन्। उनले सन् २०१४ मा ‘फगली’ फिल्मबाट बलिउडमा पदार्पण गरेकी भए पनि फिल्म फ्लप भएयता कुनै दह्रो पाउ जमाउन सकेकी छैनन्।
लामो समयपछि मिसन मंगल फिल्ममा मुख्य चरित्रमा देखिएकी विद्या बालनका लागि यतिबेला सफलताको अर्थ खासै ठूलो लागिरहेको छैन। उनको यो फिल्मले सय करोडभन्दा बढी बिजनेस गरेर वाहवाही कमाइसकेको छ।
बलिउडमा एउटा समय कस्तो थियो भने गाउँले भूमिका भए पनि चट्ट परेको आधुनिक शैलीको लुगा लगाउनु पथ्र्यो हिरोइनले। नत्र त उनीहरु फिल्म खेल्नै मान्दैनथे। जया भादुडीजस्ता नयाँ छिमलका कलाकार अभिनय सिकेरै बलिउडमा छिरेपछि भने उनीहरुले वास्तविकतालाई बढी जोड दिए। गाउँले भूमिका भएपछि लुगाफाटो पनि फाटेटालेका लाउन उनीहरुलाई धक थिएन। नयाँ पुस्ताका कलाकारमा पनि लुगा वा मेकअपमा कम नखरा गर्दैनथे !
अमेरिकी एक्ट्रेस स्कारलेट जेहानसन प्रायः आफ्नो तस्बिरका कारण चर्चामा आइरहन्छिन्। अहिले उनी न्यूयोर्कको ह्याम्पटनमा आफ्नो भावी श्रीमानसँग बिदा मनाइरहेकी छिन्।
साउथ र बलिउड दुवैतिर धमाल मच्याउँदै आएकी काजल अग्रवालको हालै फोटो सुटको तस्बिर सार्वजनिक भयो। सबै तस्बिर उनले आफ्नो इन्स्टाग्राममा हालेकी थिइन्। उनले थ्रीडि फ्लावर्स नेवी ड्यूल ड्रेस लगाएकी थिइन् ।
भारतीय गायक मिका सिंह प्रायः विवादमा तानिइरहन्छन्। कहिले स्टेजमै टङ किस खाएर उनी विवादमा आउँछन्, कहिले ड्रिक एण्ड ड्राइभ र हिट एण्ड रनमा। अहिले विवादको विषय हो पाकिस्तानमा भएको उनको स्टेज कार्यक्रमको।
अभिनेत्री प्रियंका चोपडालाई तत्काल संयुक्त राष्ट्रसंघको सद्भावना दूतबाट नहटाइने भएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसका अनुसार युनिसेफको तर्फबाट बोल्दामात्र सद्भावना दूतहरू निष्पक्ष हुनुपर्ने भएकाले अभिनेत्री चोपडाले व्यक्तिगत अधिव्यक्ति दिन पाउने बताएका छन्।
एमी ज्याक्सन अहिले गर्भवती छन्। उनी विवाहअघि नै आमा बन्दैछिन्। उनी कहिले बिदामा इटाली पुगेकी हुन्छिन् त कहिले कहाँ। तर जहाँ पुगे पनि आफ्नो बेबी बम्प सार्वजनिक गर्न भने उनी हिच्किचाउँदिनन्।
टाइगर श्राफले हालै इन्स्टाग्राममा आफ्ना फ्यानहरुलाई सम्बोधन गर्दै लेखे, ‘मलाई जे प्रश्न सोधे पनि हुन्छ।’ फ्यानहरु यही मौकाको ताकमा थिए। भटाभट प्रश्न सोध्न थाले।