प्लेन चढ्ने हतारो सबैलाई छ। सबै जना प्रतीक्षालयमा कुरिरहेका छन्। प्लेनमा चढ्न आग्रह गर्ने बेला हुनै लागेको छ। यस्तोमा सबै अधैर्य भइरहेका छन्। तर एक जना यात्रु भने आफू बसिरहेको ठाउँमा पेन्टको जिपर खोल्छन् र त्यहीँ तुर्क्याउँछन्, सुसु !
संसारभरका जनता यतिबेला सरकारसँग रुष्ट छन्। नत्र फ्रान्सलाई नै हेर्नुस् न ! त्यहाँ कर्मचारीहरुको पेन्सन कटौती कानुनविरुद्ध त्यहाँका कर्मचारी यति आक्रोशित छन् कि सरकारका अनेक प्रयासका बाबजुद पनि तीव्र विरोध र आन्दोलनका कार्यक्रम जारी छन्।
कहिलेकाहीँ रमाइलोका लागि गरिने काम बडो पीडादायक बन्न पुग्छ। खासगरी उपहार दिनका लागि केही कुरा गोप्य तरिकाले गरिन्छ र त्यसको परिणाम उल्टो भए, के हुन्छ ?
पुरुषहरुको लिङ्ग आकारको माछा बेलायती समुद्री किनारमा ठूलो संख्यामा मृत फेला परेको पाइएपछि केही मान्छे मुख छोप्दै हाँसो लुकाउने प्रयास गरे भने केहीले ती माछा मर्नुको कारण खोज्दै समाधान गर्नुपर्ने आवाज बुलन्द गर्न थाले।
अमेरिकाको मियामीमा प्रदर्शन गरिएको एक कला प्रदर्शनीमा सबैको ध्यान आकृष्ट गर्नेमध्येमा एउटा केरा पनि थियो। प्रदर्शनी हेर्न आएका दर्शक जहिले पनि केरालाई भित्तामा टाँसेको देखेर मुख छोपीछोपी हाँस्थे।
किर्गिस्तानमा पुरुषहरुले लगाउने एक प्रकारको टोपीलाई युनेस्कोले अमूर्त सम्पत्ति भनी मान्यता दिएको छ। ‘एक–कल्पक’ नामक यो टोपीका कारण किर्गिस्तानको पर्यटनमा बढावा दिने अपेक्षा त्यहाँका जनताको छ।
मेक्सिकोमा सम्मानका साथ लिइने नाम हो, एमिलियानो जापाता। एक जना कलाकारले यिनै एमिलियानोलाई नाङ्गो अवस्थामा घोडा चढेको चित्र बनाए र त्यसलाई प्रदर्शनीमा राखिदिए।
प्रायः चिट चोर्ने मामिलामा विद्यार्थीहरु बूढा प्राध्यापकभन्दा अगाडि नै हुन्छन्। तिनलाई रोक्न बडो चतु-याइँ आवश्यक पर्छ भन्ने हामी ठान्छौँ तर केही प्राध्यापक हामीले सोचेजस्तो ग्वाँच अवश्य हुँदैनन्।
नेदरल्यान्डको एउटा सुपरमार्केटले आफ्नो प्रचारका लागि नयाँ जुक्ति सोचेको छ। उसले आफ्नो सुपरमार्केटको प्रचारका लागि कट्टु प्रदर्शनी आयोजना गरेको थियो तर यति आलोचना भयो कि प्रदर्शनी नै रद्द गर्नुप-यो।
खासमा डकैती गर्न त बैंकमा जानुपर्ने हो, एउटा समूह भने जर्मनीको पुलिस म्युजियममा पुगेका छन्। बर्लिनस्थित स्टासी म्युजियम जर्मनीको एकीकरणअघि कम्युनिस्टहरुको शासन रहेको पूर्वी जर्मनीअन्तर्गत पथ्र्यो।
अधिकांश नौ वर्षे बालक टेलिभिजन र मोबाइलमै समय गुजार्छन् तर बेल्जियमका एक बालक लरेन्स सिमोन्स भने अर्कै देशमा गएर संसारकै कम उमेरका स्नातकोत्तर अध्ययन गर्ने बालकका रुपमा कीर्तिमान बनाउन सफल भएका छन्।
ग्याब्रियल रिज १८ वर्षकी मात्र भइन्। बिहेका लागि उनको उमेर पुग्यो। उनका अभिभावकलाई १८ वर्ष पुग्नुअघि नै भनेकी थिइन्, ‘म चाहिँ बूढो उमेरको व्यक्तिसँग मात्र बिहे गर्छु। तपाईंले आपत्ति जनाउन पाउनु हुन्न।’
यतिबेला सोसल मिडियामा एउटा तस्बिर भाइरल भइरहेको छ। जसमा जिसस क्राइस्टको तस्बिरमा गम्भीर गल्ती भएको पाइएको छ। कुनै चर्चको भित्तामा कोरिएको चित्रमा मेरी र जिसस क्राइस्ट देखिन्छन्। तस्बिरमा क्राइस्टको हातले आफ्नो गुप्ताङ्क चलाइरहेको महसुस हुन्छ।
अहिले अमेरिकामा केही विशेष किसिमका किताबहरु अमेरिकामा गायब हुन थालेका छन्। एक वर्षयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरोधी किताबहरु पुस्तकालयका -याकबाट गायब हुन थालेका हुन्। कडा सुरक्षाका बीच कसरी यस्तो भयो भनी खोजी हुन थालेको छ।
अन्य सामान्य दिनझैँ अस्ट्रेलियाका वन्यजन्तु रेन्जर क्रेग डिकम्यान पोखरीमा माछा मार्न गएका थिए। उनको बल्छीमा त्यो दिन माछा परेन, गोही प-यो र यति माप्पाको गोही प-यो कि उनलाई आक्रमण नै गर्न तम्सियो।