आठ महिनाको अवधिमा ४६ वटा नेपाली फिल्म रिजिल हुँदा पाँच वटा मात्र सफल भए। लगानी उठाउन नसकेका ४१ फिल्मले आधा लगानी उठाएको मान्ने हो भने पनि २४ करोड डुब्यो यस बीचमा।
पोखरा अडिसनका लागि पुगेको रोडिजको तेस्रो सिजनमा तालतालका प्रतियोगी आउनेक्रम जारी छ। यसअगाडि आएका एक प्रतियोगीको जेलदेखि अमेरिकासम्मको असफल यात्राले धेरैको मन छोयो। पोखरामा सबको नजरमा परिन् विद्या गुरुङ ।
सुरक्षा पन्त नेपालका सीमित सम्भावना भएका अभिनेत्रीमध्येमा पर्छिन्। तर यस्ता सम्भावनाको हत्या फिल्ममा तिनले गर्ने अभिनयले भन्दा फिल्मको ओभरअल मेकिङले गरिदिन्छ।
फिल्मबाट छुट्टि मनाउन यदि कसैलाई आउँछ भने त्यो हाम्रा राजेश हमाललाई आउँछ। फिल्मको सुटिङबाहेक कतै घुमघाममा नबिताएका र विदेशबाहेक डुल्ने ठाउँ कहिल्यै नदेखेको हाम्रा हमालले फिल्मको अफर कम हुनेबित्तिकै डुलाईमा कमाल गरिरहेका छन्।
रेखाले फिल्म गर्ने भनेर हल्ला चलाएको धेरै भयो तर उनको नयाँ फिल्मको कुनै सुरसार नै छैन। उनको फिल्म कहिले बन्ला र हलमा चल्ला भनेर उनका प्रशंसक कुरेको कुरै छन्।
यतिबेला टेलिभिजनमा ‘कमेडी च्याम्पियन’ निकै हिट भइरहेको छ। अब यो सोको निर्माता भएका कारणले केकी अधिकारीले सोलाई चटक्क माया मारेर फिल्म खेल्ने कुरा भएन ! तर उनले फिल्म खेल्ने फुर्सद नपाएपछि त्यसको फाइदा भने वर्षा शिवाकोटीलाई पुगेको छ।
हुन त पुरुषको भाग्य र स्त्रीको चरित्र कसैले अनुमान गर्न सक्तैन भन्ने हाम्रो समाजमा उक्ति चल्तीमा छ तर हाम्री अभिनेत्री शिल्पा पोखरेलको जिन्दगीमा चाहिँ भाग्य नै सबैभन्दा ठूलो पहेली बन्न पुगेको छ।
कलाकारिता र कलाकारका सिर्जनामाथि राज्य सेन्सरमा उत्रिए प्रतिरोध गर्नुपर्ने जिम्मेवारी बोकेको स्रष्टाहरुको संगठनका अध्यक्ष नै सेन्सरको पक्षमा उभिएका छन्।
नेपालमा संगीत र कलासम्बन्धी कुनै अवार्ड समारोह आयोजना हुनु तर विवादमा नपर्नु सम्भव छ र ? अहं, छैन। फिल्मसम्बन्धी होस् या संगीत, स्वदेशमा होस् या विदेशमा, जहाँ कार्यक्रम भए पनि विरोध पक्कै हुन्छ।
दुई वर्षदेखि प्यारालाइसिसको रोगले थलिएका हास्य कलाकार आनन्द थापाको पुस १ मा निधन भएको छ। उनी ८१ वर्षका थिए। उनको पशुपति आर्यघाटमा पुस २ गते नै दाहसंस्कार गरिएको छ।
फिल्म ‘ड्रिम्स’बाट नेपाली रजतपटमा डेब्यु गरेकी हिरोइन सन्ध्या केसी पछिल्लो समय गुमनाम छिन्। न उनी पर्दामा देखिन्छिन्, न कुनै फिल्मको कार्यक्रममा नै झुल्किन्छिन्।