पहिलो फिल्म ‘ए मेरो हजुर ३’ ले निर्मातालाई घाटै लगाए पनि सुहाना थापाको अभिनय धेरैले मन पराए। स्टार भनिएका अनमोल केसीसँग स्क्रिन सेयर गरेकी उनको अभिनय केसीको भन्दा राम्रो मानियो।
सदाबहार अभिनेता भनेर चिनिएका अभिनेता भुवन केसी अवार्ड पाइएला जस्तो भयो भने अवार्डमा उनी सरिक भइहाल्ने गर्छन्। उनलाई अवार्डको भोक अझै मरेको देखिदैन। केही समयअघि जापानमा भएको अवार्ड कार्यक्रममा छोरा अनमोलसहित पुगेका थिए।
कमेडी च्याम्पियनमा होस्ट गरिरहेकी रीमा विश्वकर्माले आफ्नो कथाव्यथा स्टेजमा सुनाइन। उनले सुरुमा टेलिभिजनमा काम गरेकी थिइन्। टेलिभिजनमा होस्टबाट यात्रा शुरु गरेकी उनी म्युजिक भिडियोमा गइन्।
साहसको प्रदर्शनमा आधारित रियालिटी शो रोडिज् अहिले प्रतियोगीहरुको आ–आफ्ना हृदयविदारक कथा आउन थालेको छ। परिवारको दुःख, आफ्ना दुःख, कथाव्यथालाई खुबै प्राथमिकता दिइरहेको छ, रोडिज्ले।
नेपालमा राम्रो डिमान्ड हुँदाहुँदै अमेरिका भासिएका नायक राजबल्लभ कोइरालाले हलिउड प्रवेशको सपना बोके पनि सफल भएन। उनको हैसियत अमेरिका भासिने अन्य नेपालीझैँ नै भयो।
मिहिनेत त राम्रै गरेका थियो, ‘गोपी’ टिमले। कथा र पात्र चयनमा पनि होस पु-याएकै हो। बिपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, भोला सापकोटाको अभिनय थियो फिल्ममा।