बजेटमा अनुशासनहीनता, सार्वजनिक संस्थानमा बेथिति, राजस्व प्रशासनमा मिलेमतो, सार्वजनिक स्रोत साधनको दुरुपयोग, राज्यलाई हानी नोक्सानी हुने काम धेरै भएका छन् ।
मुलुकको अर्थतन्त्र बुझेका पूर्व गभर्नर डा. युवराज खतिवडाले अर्थ मन्त्रालय सम्हालेपछि निजी क्षेत्र मात्र नभएर राजनीतिक नेतृत्व निकै उत्साहित थियो । खतिवडाले राजनीतिक क्षेत्र र जनतालाई उत्साहित बनाउन त सक्नु भएन । निजी क्षेत्रको विश्वास आर्जन गर्न नसक्दा उद्योगी व्यवसायी पनि निराश देखिएका छन् ।
आरपी ग्रुपले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा डामिलानो इटालिया, रोसो ब्रुलेनो, फेशन स्टोर, जय अम्बे साडी शोरुम र एपी स्टरोमा उपलब्ध सामानमा ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ ।
राज्यले घोषणा गरेका कार्यक्रमलाई सघाउनु निजी क्षेत्रको दायित्व हो । यसमा पर्यटन बोर्डसँग सहकार्य गरेर नेपाल एसोसिएन टाभल एण्ड टुर एजेन्ट्स, नाटा, पाटा, हानलगायतका एसोसिएसनले प्राथमिकता दिनुपर्छ । भिजिट नेपाल २०२० मा सरकारले प्रमोशन ग-यो भने त्यसको फाइदा पर्यटन क्षेत्रलाई हुन्छ ।
क्यानेडियन एपी ब्रान्डका क्यानेडियन फुटवेयर र एसोसेरिज नेपाल भित्रिएको छ । अन्त्राष्ट्रिय फेसनेबल सामाग्रि नेपाल भित्र्याउन सक्रिय आरपी ग्रुपले ललितपुर जावलाखेलमा एपी फुटवेयर र अन्य सामाग्रि सहजै रुपमा उपलब्ध गराउँदै सोरुम खोलेको छ ।
अस्ट्रेलियाले आफ्नो शैक्षिक नीतिमा परिवर्तन ल्याएर केही खुकुलो गरेको छ । अमेरिकाको डलर बलियो हुँदै गएकोले अमेरिकामा ५० प्रतिशत छात्रवृत्ति पाउनु र अस्ट्रेलियामा पूरा फी तिर्दा पनि बराबर हुने भएकाले नेपालीका लागि अस्ट्रेलिया शैक्षिक गन्तव्यको रुपमा विकास भएको छ ।
व्यवस्थापन अध्ययन गरेका रौतहटका जिपी तिमल्सिना लामो समयदेखि विज्ञापन व्यवसायमा कार्यरत छन् । मिडिया व्यवसायमा स्थापित तिमल्सिना प्रमोटर्स नेपालका प्रमुख कार्यकारी अधिकृत हुन् । युवा व्यवसायी तिमल्सिनासँग विज्ञापनको बजार, यसको प्रभाव लगायतका विषयमा शुक्रवारका लागि गरेको कुराकानीः
नेपालमा टिभिएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले उक्त ब्रान्डको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा ल्याएको छ । नयाँ जुपिटर क्लासिक यसअघि नै नेपाली बजारमा स्थापित र लोकप्रिय भइसकेको कम्पनीको दाबी छ ।
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले रुस्लान अल्ट्रा प्रिमियम भोड्का बजारमा ल्याएको छ । कम्पनीले यसलाई विश्वकै सबभन्दा क्लियर भोड्का भनेको छ । रसियाको सर्वश्रेष्ठ शुद्धीकरण प्रविधि र उच्च स्पष्टताका लागि बहुडिस्टिलेसन प्रक्रिया प्रयोग गरेर रुस्लान अल्ट्रा प्रिमियम भोड्का तयार गरिएको विज्ञप्तिमा उल्लेख छ ।
नेपालका लागि टाटा मोटर्सको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिले आइतबार प्यासेन्जर गाडी नयाँ टाटा टिगोर सार्वजनिक गरेको छ । टाटा टिगोर पेट्रोलबाट चल्ने सेडानको न्यूनतम मूल्य २७.५५ लाख (१.२ लिटर रेभोट्रन) पर्ने र टाटाका सबै आधिकारिक बिक्री केन्द्रमा उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ
ग्याजेट पारखीले मन परेको मोबाइल, ल्यापटप, क्यामेरा, आइफोन, आइप्याड, म्याक लगायत उत्पादन किस्ताबन्दीमा किन्न पाउने भएका छन् । सिटिसी मल सुन्धारामा रहेको सिटिसी मोबाइल हबले मंसिर २० गतेदेखि सञ्चालन गर्ने मोबाइल तथा ल्यापटप मेलामा यस्तो सुविधा रहेको जनाएको छ ।
भाइटीकालाई लक्षित गरेर विभिन्न अनलाइन व्यवसायहरुले विशेष अफर सुरु गरेका छन् । कतिपयले छुटका अफर ल्याएका छन् भने कतिपयले ग्राहकलाई चाहिने नयाँ सामान अपलोड गरिरहेका छन् ।
गुणस्तरहीन विदेशी फर्निचर र सस्ता सामानसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । पहिलाजस्तो जुन सामान राखेको छ त्यही उठाएर लैजाने चलन कम छ । तर अहिले तयार गरेका भन्दा पनि आफँैले डिजाइन गराएर लैजाने चलन छ । प्रयोगकर्ता पनि कन्सियस भएका छन् ।