आइएमई लाइफ इन्स्योरेन्स कम्पनी दोस्रो वर्षमा प्रवेश गरेको छ। व्यावसायिक कारोबार सञ्चालन भएको दुई वर्ष पूरा भएको अवसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा शुभकामना दिँदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताए।
नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। साधारण सभाले नेपाल रिपब्लिक मिडियाकी निर्देशक तथा महिला उद्यमी शोभा ज्ञवालीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमा २१ वर्ष सेवा गरेका प्रदीपकुमार पौडेल १८ वर्षदेखि पूर्वाञ्चल विश्वविद्यालयमा आबद्ध एक्मी इन्जिनियरिङ कलेज, काठमाडौंमा संलग्न छन्।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न नसक्दा एक सय ३५ मुलुकसँग नेपालको व्यापार घाटा भएको छ। विश्वका एक सय ५८ मुलुकसँग कारोबार गर्दै आएकोमा २३ वटा मुलुकसँग मात्र व्यापार नाफा रहेको छ।
राज ब्रुअरी प्रालि र विश्वप्रसिद्ध बियर निर्माता एन्ह्युजर–बस्क इनवेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्रान्डको उत्पादन र बिक्री सम्बन्ध खास साझेदार सहकार्यको सम्झौता भएको छ ।
पूर्वाञ्चल लुब्रिकेन्ट आयल (पिएलओ) ले उत्पादन क्षमता दुई गुणा बढाएको छ। दैनिक ६ हजार लिटर लुब्रिकेन्ट उत्पादन गर्दै आएको पिएलओले क्षमता बढाएर दैनिक तीन हजार लिटर पु-याएको छ।
हालै कन्ज्युमर रिपोर्टस् भन्ने संस्थाले २०१९ का लागि अमेरिकामा बिक्रीमा रहेका उत्कृष्ट कारहरुको सूची जारी गरेको छ। उपभोक्ता सम्बन्धी काम गर्ने उक्त गैरनाफामूलक संस्थाले अटो बजारको क्षेत्रमा विभिन्न पाटपुर्जालाई आधार मानी २०१९ का लागि उत्कृष्ट रोजाइमा पर्न सक्ने १० ओटा सवारी साधनलाई छनोट गरेको हो।
दुई पाङ्ग्रे सवारीमा स्कुटर अफ रोडमा त्यत्ति राम्रो मानिन्न। यसको बनावटको प्रकृति सहरी क्षेत्रका लागि उपयुक्त मानिन्छ। तर सहज सवारीले सहरी क्षेत्रमा मात्रै हैन ग्रामीण भेगमा पनि स्कुटरको माग हुन्छ नै।
डेढ दशकअघि रोजगारका लागि जापान पुगेका अर्घाखाँचीका अर्जुन अधिकारी अहिले रोजगारदाता भएर फर्किएका छन्। विगतमा उनी जापानमा जापनिजलाई नेपाली खानाको परिकारको स्वाद चखाउन व्यस्त थिए।
सवारी साधन किनेर मात्र हुन्न, यसको उचित हेरचाह नगर्ने हो भने सवारीसाधनको आयु छोटिँदै जान्छ। सवारीसाधनको हेरचाह भनेको व्यक्ति बेलाबखत चिकित्सककोमा पुगेर स्वास्थ्य परीक्षण गराएजस्तै हो सवारी साधन सर्भिस सेन्टरमा लगेर परीक्षण गराउनु।
सरकारले बजेटको अटो क्षेत्रमा राम्रो नीति ल्याउन सकेको छैन। कर पनि बढाएको छ। अब बजार यस्तो हुन आँट्यो कि अहिलेसम्म २ लाख पर्ने बाइकलाई अब ३ लाखसम्म पर्ने गरी कर बढाएको छ।
चार्टड एकाउन्टटेन्ट नारायण बजाज ग्लोबल रिच कन्सल्टेन्सी, काठमाडौंका प्रमुख हुन्। १२ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत बजाजले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा दिँदै आएका छन्।
बसुन्धरामा रहेको क्यानभास स्कुल प्लस टुका लागि राम्रो मानिन्छ। विज्ञान व्यवस्थापन मानवीकी संकाय पढाइ हुने यस स्कुलको सुविधायुक्त कक्षाकोठा तथा विद्यार्थी मैत्री वातावरणमा पढाउँदै आइरहेको छ।
बजारको मागअनुसार स्वदेशमा कपडा उत्पादन गर्न नसक्दा विदेशबाट तयारी कपडाको आयात ह्वात्तै बढेको छ। गत वर्षको तुलनामा यो वर्ष कपडा आयात एक सय १३ प्रतिशत बढेको छ।