फिल्म समीक्षकबाट ‘राम्रो रेटिङ’ पाए पनि ‘बलात्कारको वीर्य स्वीकार्ने’ फिल्म भन्दै केही दर्शकबाट आलोचना पनि भइरहेको छ । महिला पात्रलाई कतै सशक्त, कतै लाचार देखाएको प्रतिक्रियासमेत आइरहेको छ । यही सेरोफेरोमा फिल्म ‘प्रसाद’का लेखक तथा रंगपत्रकार सुशील पौडेललाई केही दर्शकले उठाएका प्रश्न तथा आरोप जस्ताको त्यस्तैः
सुन्दर युवतीहरूको सहर पोखराले यतिबेला मोडेलकै अभाव बेहोर्दैछ । र्याम्पमा हिँड्ने उत्कृष्ट मोडल भेट्नै गाह्रो छ अहिले । पेपर मोडलिङमा उपस्थिति नै छैन । फाट्टफुट्ट भिजुअल मोडलिङमा केही अनुहार देखिए पनि निरन्तरता छैन ।
सुरुवाती चरणको तुलनामा सिंगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को क्रेज ओरालोमा छ । लाइभ राउन्डको अन्तिम चरणतिर पुग्दै गर्दा दर्शकको त्यत्ति ध्यान तान्न सकिरहेको छैन । यसको कारण भ्वाइसमा पप र रक जनराका गीतले पाएको प्रार्थमिकता अनि नोटिस्ड भएका गायकको बाहिरिनु हुनसक्छ ।
म्युजिकल रियालिटी सो ‘नेपाली तारा’ दोस्रो सिजनको विजेता भएपछि दर्शक–स्रोतामाझ निकै लोकप्रिय भए सन्तोष लामा । उनै लामासँग शुक्रबारका भोला अधिकारीले गरेको सुर संवादः
तिहारमा नाच्नुपर्यो भने अझै पनि ‘तिहारै आयो लौ झिलिमिली’ बोलको गीत नै बजाइन्छ । यस गीतलाई जित्ने गीत अझै बजारमा आउन सकेका छैनन् । जब तिहार आउँछ, रेडियो–टेलिभिजनदेखि मोबाइलमा रिङटोनसम्म यही गीत घन्कन थाल्छ ।
देउसी खेल्दै जाँदा अबेर हुन्थ्यो । पर कतै कुकुर भुकेको मात्र सुनिन्थ्यो । ‘कस्ता खाल्का मान्छे रहेछन्, देउसी–भैलो आउँदा पनि कुकुर फुकाएर राखिदिने’ भनेर जतातिर कुकुर भुकेका हुन्थे त्यता तिरको घरमा सराप्दै कराउँदै हिँड्थ्यौँ ।
उनी त ठमेलका प्रख्यात पुजारी पो रहेछन् ! जो ठमेलका दर्जनौं रेस्टुराँ, डिस्को, क्लब, डान्सबार र होटलमा दिनहुँ पूजा गर्न पुग्छन् । धुप बाल्छन् । मन्त्र जप्छन् । अनि सुखद् व्यापारको कामना गर्छन् ।
संगीतासँग काठमाडौँको सुन्दर/कुरुप कथा भन्ने एउटा प्रचुर सम्भावना थियो तर आफैँले लेखेको स्क्रिन–प्लेका कारण संगीता त्यो सम्भावनामा चुकेकी छन् । चकलेटमा नयाँ फ्लेबर त उनले दिन खोजेकी थिइन् तर स्वादिलो बनाउने खुराक हाल्न इन्ग्रेडिएन्ट अझै नपुगेको भान हुन्छ ।
फिल्म रिलिज अघिसम्म निर्देशक रेनशा राईको पटकपटक दाबी सुनिन्थ्यो, ‘यो फिल्मले नेपाली फिल्मलाई नयाँ उचाइमा पु-याउनेछ ।’ तर फिल्म हेरिसकेपछि कहीँकतै त्यस्तो महसुस भएन । बरु नेपाली फिल्मको प्रेमकथा अझै पनि ९० कै दशकमा बनेका बलिउड लभस्टोरीभन्दा माथि उठ्न नसकेको बोध गरायो । जोडी फ्रेस, लोकेसन फ्रेस तर कथा उही बासी !
पहिलोपल्ट नेपालमा भित्रिएको फ्रेन्चाइज रियालिटी सो ‘नेपाल आइडल’ले पहिलो सिजनबाट बुद्ध लामालाई नेपाल आइडल बनाइसकेको छ भने दोस्रो नेपाल आइडल बन्नका लागि प्रतिस्पर्धा जारी छ ।
झक्कडको रि–इन्ट्रीपछि युट्युबमा एकजना दर्शक राजुको घतलाग्दो कमेन्ट छ, ‘नेपाल त्यस्तो देश हो जहाँ नेपाल आइडल हुने बुद्ध लामाभन्दा अडिसन राउन्डबाट फ्यालिने झक्कड थापा बढी फेमस हुन्छन् । पैसाले किनेको उपाधिभन्दा हाँसीहाँसी स्वीकार गरेको लज्जाको चर्चा हुन्छ यहाँ । लभ यु झक्कड !’
फिल्मलाई व्यवसाय मात्रै नभई कलाको माध्यम पनि मान्ने हो र आफूलाई असल निर्देशकका रुपमा चिनाउने हो भने अब निर्देशक आचार्यले ‘नाइँ नभन्नु ल’ र आँसुको ह्याङओभरबाट मुक्त हुन जरुरी छ ।
रंगमञ्चबाट आएका आशलाग्दा कलाकारलाई भद्दा मजाक र द्विअर्थी संवादमा रमाएको देख्दा उनीहरुको अभिनयबारे जानकार दर्शक निराश हुन्छन् । फिल्मको एक दृश्यमा विजय बराल भन्छन्, ‘आई एम् सो डिप्रेस्ड’ । फिल्म हेरिसकेपछि त्यो डायलग विजयको होइन, दर्शकको हुन्छ ।
समयले मान्छेलाई कहाँबाट कहाँ पुर्याउँछ, पत्तो हुन्न । अमित ठकुरी (आयुष) कुनैबेला ब्लु बार (डान्सबार)का कर्मचारी थिए, अहिले त्यही बारका मालिक भए । यतिमात्रै होइन ठमेलमा उनको लगानी रहेको टर्टल लाउन्ज एन्ड क्लब र सर्कल लाउन्ड एन्ड गजल पनि छ । उनी ठमेल पर्यटन विकास परिषद् अन्तर्गतको रात्रिकालीन उपसमितिका सहसचिव समेत हुन् ।
म तिमीलाई वचन दिन्छु, म सधैँ तिम्रो रक्षिका हुनेछु, सल्लाहकार र परामर्शदाता रहनेछु
तिम्रो हितको साथी हुनेछु, तिम्रो परिवार रहनेछु र सबैसबै म नै रहनेछु ।
पछिल्लो समय नेपाली फिल्ममा बच्चाबच्चीको अस्वभाविक प्रेम देखाउने प्रवृत्ति बढिरहेको छ । कलाकार बालक हुन्छन्र तर उनीहरुले अभिव्यक्त गर्ने संवाद भर्खर यौवनमा प्रवेश गरेका प्रेमजोडीको भन्दा कम छैन ।
‘कायरा’भित्र छिनछिनमा साम्राज्ञीको लिपस्टिकको रङ परिवर्तन हुन्छ तर विडम्बना उनको अभिनयमा कुनै परिवर्तन देखिएन, न त कथा छनोटमा नै देखियो । आर्यनको करिअर त ओरालो लागेकै थियो, यस्तै फिल्म खेल्ने हो भने साम्राज्ञी पनि खतरामा छिन् ।