मलाई आउट हुन्छु जस्तो त लागेको थिएन। जित्छु नै भने भन्ने लागेको थियो। लाष्ट हप्ता चाही अलिक कमजोर भयो। त्यसमा मलाई हल्का शंका थियो। यति नै चाँडो आउट हुन्छु भन्ने चाही थिएन। टप तीन या चारसम्म अवस्य पुग्छु भन्ने थियो तर बेलैमा आउट भइयो।
फिल्म ‘ए मेरो हजुर’को सिरिजमा उनी मुख्य हिरोमा कहिल्यै परेनन्। उनलाई साइड हिरोमा खेलाएर मुख्य हिरोमा कि त नयाँ कि त स्टारलाई नै हिरो बनाउने गरेकी छन्, निर्देशन झरना थापाले।
‘पोइ प-यो काले’को वितरण अधिकार पाएका दुई वितरक गोपाल कायस्थ र करण श्रेष्ठबीच गएको साता झण्डै हात हालाहालको स्थिति आयो। कुरा फेसबुकसम्म चुहियो र मामिला अदालतसम्म पुग्ने धम्की दिइएको छ तर हाललाई यी दुई वितरकबीच कुरा नचर्काउने भनी सहमति भएको छ।
प्रशंसकहरुको गाली ओइरिएपछि आस्थाले सामाजिक सञ्जालमा गाली गर्नेहरुप्रति लक्षित गर्दै टिप्पणी गरेकी थिइन्। ‘डण्ठा बोक्नेलाई डण्ठे, बन्दुक बोक्नेलाई बन्दुके, गाउनेलाई गाइने र नाच्नेलाई नर्तकी भनेजस्तै आफूले बोलीचालीको शब्द प्रयोग गरेको’ बताएकी थिइन्।
शृंखलाले नियमित रुपमा क्षितिजको प्रस्तुति हेर्ने गरेको खुलासा गरेकी थिइन्। उनले क्षितिजका बारेमा लेखिएका युट्युब कमेन्ट अझ रमाइलो हुने पनि बताएकी थिइन्।
२८ वर्ष लामो अभिनय यात्रामा कति गसिपको शिकार बनिन् होला निर्देशक दीपाश्री निरौला। त्यो लेखाजोखा कसैले राखेका छैनन्। गसिपै त हो ! त्यसैले कसले पो राख्ला ! यही र यस्तै गसिपकै कारण पनि उनी पर्दाबाट हराए पनि अखबारका पानामा हराउन पाइनन्।
सबिर श्रेष्ठ र रेखा थापा दुःखका साथी हुन्। फिल्म निर्देशनमा सहायक रहँदा रेखाको फिल्मी संघर्ष शुरु भएको थियो। यत्तिको लामो समयमा यी दुईको केमेस्ट्री निकै मिल्छ। त्यसैले त जब जब रेखालाई संकट पर्छ, उनी सहयोगका लागि हरदम तयार भइहाल्छन्।
एक समय थियो, सौगात मल्ल आफ्नो प्रेम जीवनका बारेमा खुलेर कुरा गर्न चाहँदैनथे। झन् आफ्ना प्रेमिकासँग हातमा हात, साथमा साथ लिएर अघि बढ्न त मरेझैँ हुन्थ्यो।
यो फिल्म उद्योग हो। कसैले कसैलाई सहयोग गर्छ भने पक्कै पनि त्यहाँ लेनदेन हुन्छ नै ! संसारै स्वार्थमा चलेको छ भने त झन् फिल्म उद्योग यसबाट टाढिने कुरै भएन !
गएको एक वर्षदेखि फिल्म उद्योगका पण्डितहरु प्रियंकाको बिहे कहिले होला भनेर प्रतीक्षारत थिए। प्रियुष्मान बुझ्नु भएन ? प्रियंका प्लस आयुष्मान देशराज श्रेष्ठ जोशी !