नेपाल गुणस्तर तथा नापतौल विभागले पञ्चकन्या सिपिभिसी पाइपलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको छ। पञ्चकन्या ग्रुपले आइतबार प्रेस विज्ञप्ति जारी गरी सो जानकारी गराएको हो।
एक वर्ष (आर्थिक वर्ष ०७४/७५) मा सात खर्ब ५५ अर्ब ६ करोड रुपैयाँ विदेशबाट नेपालीले मुलुकमा रेमिटेन्स पठाएका छन्। यो रकम नेपालको कुल बजेटको करिब आधा हिस्सा भन्दा बढी हो।
सरकारले कर तिरेको प्रमाण पेश गर्न अनिवार्य गर्ने अनि बैंक तथा वित्तीय संस्थाले सवारी कर्जामा कडाइ गरेपछि सवारी साधनको बिक्री ह्वात्तै घटेको छ। सवारी खरिद गर्दा तिर्नुपर्ने डाउन पेमेन्टको सिमा ६५ बाट घटाएर ५० प्रतिशत र करचुक्ताको प्रमाण पत्र पेश गर्नुपर्ने भएपछि सवारी किन्न चाहनेले आँट गरेनन्।
शक्ति फुड प्राइभेट लिमिटेडले मार्टिन आइसक्रिमको पहिलो फ्रेन्चाइज उद्घाटन गरेको छ। मार्टिन आइसक्रिमले नेपालमा विगत सात वर्षदेखि आधुनिक प्रविधिको प्रयोग गरेर आइसक्रिम उत्पादन गर्दै आइरहेको छ।
सरकारले मूल्यवृद्धि नियन्त्रण गरेर सहज रुपमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु बिक्री गर्ने बताउँदै आए पनि यो वर्ष राजधानीमा महँगी अचाक्ली बढेको छ। तरकारी, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेपछि उपभोक्तालाई भान्सा चलाउन हम्मेहम्मे परेको छ।
सरकारले राजस्व छली मात्र नभएर करको दायरा बाहिर रहेकालाई दायरामा ल्याउन प्यान अनिवार्य गरेसँगै एक वर्षको अवधिमा करिब साढे आठ लाख करदाता थपिएका छन्। आन्तरिक राजस्व विभागका अनुसार अहिलेसम्म मुलुकभर करदाताको संख्या २९ लाख ६५ हजार पुगेको छ।
नेपालगञ्जमा जन्मिएका अतिक सलमानी ग्रिन सप्लायर्सका प्रबन्ध निर्देशक हुन्। डेढ दशकदेखि व्यवसायमा संलग्न सलमानीले पानी शुद्धीकरणका लागि ट्रिटमेन्ट प्लान्ट, वाटर प्युरिफायर मेसिन, सोलार, ग्यास गिजर, हिटपम्पलगायत सामग्रीको बिक्रीवितरणलगायतका सेवा दिँदै आएका छन्।
जग्गा विवादमा ठगीको आरोप लाग्दा उद्यमी रूप ज्योति प्रहरी हिरासतमा छन्। ज्योति समूहका उनीमाथि एक करोड २६ लाख रुपैैयाँ ठगी गरेको आरोप लागेपछि विदेशबाट फर्किएलगत्तै प्रहरीले त्रिभुवन विमानस्थलबाट बाहिरिएलगत्तै पक्राउ गरेर हिरासतमा राख्यो।
अनलाइन सपिङ दराजले ११.११ सेलको तयारी गरेको छ। आगामी नोभेम्बर ११ मा हुने ११.११ सेलको तयारी गरेको हो। सो सेलमा तीन हजारभन्दा बढी विक्रेता, तीन लाखभन्दा बढी सामान तथा चार लाखभन्दा बढी प्रयोगकर्ताको सहभागिता हुने दराजले दावी गरेको छ।
विश्व बैंकको अध्ययनअनुसार नेपालको व्यावसायिक वातावरण सुध्रिएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विदेशी लगानी अनुमति दोब्बर बढेको छ भने मुलुकको व्यापार घाटा ४२ अर्ब रुपैयाँले घटेको छ।
रेडियो मार्केटिङबाट करिअर सुरु गरेका अरुण पौडेल नेविको प्रालिका ब्राण्ड एण्ड आएमडी हेड हुन्। पोखरा विश्वविद्यालयबाट मार्केटिङमा एमबिए गरेका पौडेल रियल स्टेट, एड्भर्टाइजिङ एजेन्सी र सुजल फुड्समा काम गरेको अनुभव छ।
तिहार झिलिमिली बत्तीको चाड मात्रै हैन, जुवाको चाड पनि हो। लक्ष्मी पूजाको दिन कौडा खेल्नुपर्ने सामाजिक मान्यता अझै हराइसकेको छैन। कौडा हानेर लक्ष्मी बोलाउने मात्रै हैन, ताजको खालसमेत खुबै जम्छ यो पर्वमा।
बत्ती बिनाको तिहार के तिहार ! गच्छेअनुसार घर उज्यालो बनाएर लक्ष्मीको आराधना गर्नु तिहारको महत्वपूर्ण पाटो हो नै। त्यसैले तिहारमा घर सजाउने बत्तीको माग निक्कै हुन्छ। पहिला माटोको पालामा तेल हालेर दियो बालेर घर झिलिमिली बनाउने गरिन्थ्यो।
विश्व अर्थतन्त्रमा नेतृत्व गरिरहेको चीनले नेपालमा लगानी बढाउँदै गएको छ। यसै साता नेपाल भ्रमण गरेका चिनियाँ राष्ट्रपति सि जिनपिङले आगामी तीन वर्षभित्र यहाँ करिब ५६ अर्ब रुपैयाँ सहयोगस्वरुप लगानी गर्ने घोषणा गरेका छन्।
इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए ५० एस प्रस्तुत गरेको छ। यसमा अझ धेरै नवीनतम् एवं आकर्षक विशेषता रहेकोे कम्पनीले जनाएको छ।